साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुलियो माया

जर्रो भात, नुनिलो दाल, कोक्याउने गाभा, पिरो तरकारी, तितो करेला र अमिलो मोही खुवाएर बालाई वर्षाैँ पालेको कान्छो छोराले मनमनै सोच्यो, ‘साँच्चै मैले बालाई गुलियो खुवाउन नसकेकै रहेछु ।’

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

जेठो छोरा ट्याक्सी रिजर्भ गरेर बालाई भेट्न सपरिवार बिहानै आइपुग्यो । बालाई खादा लगाइदियो, ढोगिदियो र स्याउ टक्र्यायो । घरमै बसेकी कान्छी बुहारीले स्याउ काटेर भाग लगाई । गुलियो स्याउ चाख्न पाएर बा खुसी भए ।

माहिलो छोरो मोटरसाइकलमा आयो । माहिलो छोराले ल्याएको गुलियो छोडा टोक्न पाएर बा मक्ख परे ।

छोरीहरू बालाई भेट्न बस चढेर आइपुगे । जेठी छोरीले ल्याएको गुलियो मिस्री र सुन्तला चुस्न पाएर बा फुरुङ्ग भए अनि कान्छी छोरीले ल्याइदिएको गुलियो लड्डु, पेडा खान पाएर बा रमाए ।

३६४ दिन नै बालाई पालेर बसेको कान्छो छोराले कहाँबाट के ल्याइदियोस् ! नुहाइधुवाइ गरिसकेर बाको हातबाट टीका लगायो र आशीर्वाद थाप्यो । बाले खुट्टा तेसारे र ढोग पाए ।

कान्छाको परिवारले सबैलाई गच्छे अनुसारको भातभान्सा गराए । घरको सुसेधन्दामा कान्छो एकछिन व्यस्त हुनुपर्‍यो । कान्छो छोराको अनुपस्थितिको मौका छोपेर बाको मुख हेर्ने दिनमा आइपुगेका अरू छोराछोरीले बालाई उक्साए, बालाई एकछिन एकान्त गराए । बाले सुखका भन्दा पनि दुःखकै कुरा बढी ओकले अनि सहानुभूतिको महसुस गरे ।

‘बाले दुःख पाउनुभएछ, बाको बिजोक भएको रहेछ’ भनेर अरू छोराछोरीले साउती मार्न समेत भ्याए । एकछिनको पाहुना बन्न आएका ती छोराछोरीसँग साखुल्ले पल्टेर बाले ञबेलाबेलामा आइराख्नु पर्छ है ?झ भनेर आँसु चुहाए ।

‘कामको व्यस्तताले सधैँ आइरहन कहाँ पाइन्छ र बा ! अब एकैचोटि दसैँमा मात्रै आइन्छ ।’ अरू सबैको साझा उत्तर यस्तो थियो ।
त्यो दिन बाको अनुहार अरू छोराछोरीसँग खुसी र आफूसँग बेखुसी जस्तो देखिएको अनुभूत कान्छो छोराले गर्‍यो ।

जर्रो भात, नुनिलो दाल, कोक्याउने गाभा, पिरो तरकारी, तितो करेला र अमिलो मोही खुवाएर बालाई वर्षाैँ पालेको कान्छो छोराले मनमनै सोच्यो, ‘साँच्चै मैले बालाई गुलियो खुवाउन नसकेकै रहेछु ।’

०००
भोर्लेटार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
अलार्म घडीले

अलार्म घडीले

रमेशचन्द्र घिमिरे
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x