साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखासिकी

‘देखासिकी गरेर किरिम पाउडर लाइन्छ नभन्दिनू नक्कली राम्री बन्न पाइन्छ’ यसो भन्न जानेकी सानी बहिनी मेरी नक्कल पार्न सिक्दैछे दिदीलाई हेरी ।

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

घुमाउँछु जाँतो र कुट्छु भन्छे ढिकी
सानी बहिनी आमाको गर्छे देखासिकी

‘यत्तिकै छु सिपालु कहिल्यै ठान्दिनँ म
देखासिकी नगरी काम जान्दिनँ म’
यसो भन्न जानेकी सानी बहिनी मेरी
घरको काम सिक्दैछे आमालाई हेरी

चुरा पोते लाउँछे रे लाउँछु भन्छे टिकी
सानी बहिनी माइजूको गर्छे देखासिकी

‘सारीचोलो लाउन ऐले हुँदैन र मैले ?
माइजू जस्तै ठूली म हुने होला कैले’
यसो भन्न जानेकी सानी बहिनी मेरी
राम्री हुन सिक्दैछे माइजूलाई हेरी

दराज खोली ऐना र किरिम पाउडर झिकी
सानी बहिनी दिदीको गर्छे देखासिकी

‘देखासिकी गरेर किरिम पाउडर लाइन्छ
नभन्दिनू नक्कली राम्री बन्न पाइन्छ’
यसो भन्न जानेकी सानी बहिनी मेरी
नक्कल पार्न सिक्दैछे दिदीलाई हेरी ।

०००
भोर्लेटार, लमजुङ
२०७७/०४/२१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
अलार्म घडीले

अलार्म घडीले

रमेशचन्द्र घिमिरे
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x