सुरेशकुमार भट्टहा ! हा ! हा ! हाम्रो बाउ त सुँगुर अरे
सिनिएर साब पनि क्वाटरमा आइपुगे र यसो हेरे छोरा कुशल त ट्युसन सेन्टरमा गएको रहेन, घरमै पो छ। अए ! तँ ट्युसन सेन्टर किन नगएको ? गोडा दुखेर जान नसकेर नगाको बा म त । उसले भन्याे ।

सुरेशकुमार भट्ट :
नेपालीहरूको नियति नै भनौं कि समयसापेक्ष कर्म भनौं सात समुन्द्र पारबाट बेलायती गोराहरूले भारतका ५ सय जति राज्य उनका पञ्जामा लिए । त्यसपछि ईष्ट ईण्डिया कंपनीको नामबाट शासन सुरू मात्र गरेनन् आधुनिक विकास निर्माणको कामको थालनी पनि गरे । सँगसँगै नयाँ उद्योग घन्दा पनि खुले।
श्रम गरेर बाँच्न चाहनेका लागि श्रम गर्ने अर्थात कामगरी कमाउने अवसरको ढोका समेत खुल्यो। ब्रिटिश आउनु अघि पनि नेपालीहरू पढ्न नालन्दा, वनारस, गोरखपुर जाने गर्थे। तर अवसर केवल भारतीयहरूको लागि मात्र नभएर छिमेकी देश नेपालका नागरिक नेपालीका लागि समेत शीप भए शीपको काम कारखानामा र शीप नभए शीपको काम गर्न फारखानामा जानेको घरमा दरमानी, चौकिदार, सुरक्षा गार्ड आदिको काम गर्न समेत दुर्गम गाउँ देखि हिन्दूस्थान पुग्न थाले।यसरी जानेहरू मध्य कतिले काम सिकेर कारखानामा भित्रै काम गर्ने र भित्रै बस्ने गर्न थाले।
टाटा, बिडला, बजाज, मित्तल, ठूला उद्योगकै सिकोमा पश्चिम बंगालको हुग्लीमा डि वाल्डिज कम्पनी पनि पश्चिम बंगालको ठूलै उद्योग मध्ये एक हो। जहाँ कारखानामा काम गर्नेका परिवारका बच्चाहरूको मेट्रिकसम्मको पढाई हुने स्कुल समेत कारखानाको कम्पाउण्डभित्रै रहेको छ। पारिवारिक कम्पाउण्ड त्यहीँभित्र अलग्गै रहेको छ। तिनै कम्पाउण्डभित्र बस्ने परिवार मध्ये एक जना धेरै पुराना चौकिदार सुरक्षा गार्ड थिए। ऊनकै मुखबाट बारम्बार निस्कने बोलीको कथा हो यो उपकथा ”हा !हा ! हा ! हाम्रो बाउ त सॅुगुर अरे ।”
स्कुलबाट आउने बित्तिकै खाजा खाएर सबै जम्मा भएर खेलिरहेका बालबालिकाहरूलाई बोलाएर ट्युसन टिचरले भन्नु भो मिलेर खेल तर एक घण्टा । त्यस पछि सबै आआफ्ना क्वाटरमा गएर होम वर्क गर्ने सुन्यौ हैन सबैले ? सुन्यौँ सुन्यौँ।
एक घण्टापछि सबै आआफ्ना क्वाटरमा गए ।होम वर्क सकेर ट्युसन सेन्टरमा नियमित समयमै पुगे। कुशलले भने होमवर्क गर्याे तर गोडा दुख्यो भनेर ट्युसन सेन्टर गएन। साँझमा सबै कारखानामा कामबाट छुट्टि भएपछि आआफ्ना क्वाटरमा आउँदै थिए। सिनिएर साब पनि क्वाटरमा आइपुगे र यसो हेरे छोरा कुशल त ट्युसन सेन्टरमा गएको रहेन, घरमै पो छ। अए ! तँ ट्युसन सेन्टर किन नगएको ? गोडा दुखेर जान नसकेर नगाको बा म त । उसले भन्याे ।
“बहानाबाजी गर्छस् साला सुँगुरका बच्चा !” हा ! हा ! हा ! हाम्रो बाउ त सुँगुर अरे भन्यो छाेराले । झन् रिसाएर एक थप्पड कस्न हात उठाएका “हा ! हा ! हात हैन माथको काम हो।” भन्दै कसैले पछाडिबाट हात समाई दियो कसैले। फर्केर हेरे ट्युसन टिचर पाे।
नाजवाफ भएर सिनिएर साब लुसुक्क क्वाटरमा पसेछन्।
०००
काठमाडाैं, हाल अमेरिका
Subscribe
Login
0 Comments
Oldest






































