साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नरिवल र नेता

चैन यो मनमा छैन के बोलेँ कहिले कता आयो हुल नयाँ फेरि नारा लाग्यो कता कता । कमाऊँ चाहना केही भविष्यमा हुनेछ के यी भेडा जनतालाई फेरि ढाट्नु भनेर के ?

Nepal Telecom ad

घनश्याम रेग्मी :

यो मिठो महँगो हुन्छ भन्थे मान्छेहरू अघि
लुछाचुँडी गरेकै हुन् यसैका लागि ता अघि ।
मैले यो आज भेट्टाएँ मेलो मेसो म जान्दिन
यो वस्तु गतिलै होला भन्ने कत्ति म ठान्दिन ।

मैले दाँत निकै गाडेँ घुसेनन् दाँत भित्र खै
खै के हो तरिका सोधूँ भेटिन्नन् मित्र आज खै ।
यसै छोडूँ गरेँ दुःख दामी यो फल हो अरे
यस्तै राखूँ भने चोर्लान् पाइँदैन भरे भरे ।

पल्टाएर जता हेर्‍यो उस्तै लाग्दछ जब्बर
खोल्नु पो कसरी खोल्नु कस्तो यो फल खप्पर ।
नरिवल भयो सत्ता नेताको देखियो गति
चुर्लुम्म देश डुब्दैछ आएन यिनको मति ।

जहिल्यै निम्छरा हामी उद्योग व्यवसायमा
शून्य नाघेर ओर्लिन्छौँ शिक्षा स्वास्थ्य र आयमा ।
खेती छन् गफका मात्रै हीरा मोती फलाउने
मौकामा हाँकिए गुड्डी रेल यान चलाउने ।

चैन यो मनमा छैन के बोलेँ कहिले कता
आयो हुल नयाँ फेरि नारा लाग्यो कता कता ।
कमाऊँ चाहना केही भविष्यमा हुनेछ के
यी भेडा जनतालाई फेरि ढाट्नु भनेर के ?

०००
हाल: बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x