साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्याग गर्ने बेला आयो ?

अब मेरो गीता गाऊ  मेरो भजन गाऊ। एक चोटि बल गर  सके फेरि एक पटक मोज गरौला  एकपटक फेरि बल गर, अब त्याग गर्ने बेला आयो म त्याग गर्न तयार छु ।

Nepal Telecom ad
सुभाषचन्द्र देवकाेटा :
म त्याग गर्न तयार छु।
भुजा त्याग गर्दिन
रम त्याग गर्दिन।
सम्पत्ति त्याग गर्दिन।
सान त्याग गर्दिन
तर पनि म
त्याग गर्न तयार छु।
म घोषणा गर्छु,
अब त्याग गर्ने बेला भयो,
हिजो लुटेको बिर्सियो
हिजो भुटेको बिर्सियो
आफन्तको घाँटी रेटेर
माथि उक्लिएको बिर्सियो
तर, पनि म त्याग गर्न तयार छु।
प्रिय मेरा,
ढोके, हुक्केहरु,
चम्चे,लठै र छातेहरु,
अब इज्ज्यत त्याग गर।
लाज र शर्म त्याग गर।
सालिनताको मुकुण्डो उतार
आउ अब फेरि
एक पटक बल गर
मेरो बग्गी तान।
म त्याग गर्न तयार छु।
पुर्खाले कसैको नाक तासे
कसैको शिर काटे
गर्नुसम्म गरे,खानुसम्म खाए,
म कसरी नखाई बस्न सक्छु ?
म कसरी फुत्केको हेर्न सक्छु?
मेरा नन्दीभिरिङ्गी हो,
मेरो सिता मात्र कति खान्छौ ?
अब मेरो गीता गाऊ
 मेरो भजन गाऊ ।
एक चोटि बल गर
सके फेरि एक पटक मोज गरौला
एकपटक फेरि बल गर,
अब त्याग गर्ने बेला आयो
म त्याग गर्न तयार छु।
०००
हाल जनकपुर
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x