साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारी माछा

अब यो भ्रष्टाचारी साना माछाका बारेमा धेरै कुरा के भनौँ । अपराध र गल्ती गर्ने ठुला माछा चोट सहने र आरोपमा कार्वाही भोग्ने साना माछा साँच्चै बहादुर हुन भन्दा कुनै फरक पर्दैन । नेपालमा यस्ता मुला कुरा साह्रै सामान्य हो भन्दा हुन्छ ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

मलाई ताजुव र अचम्म लागेर आउँछ हिजो आजको समयमा विकासको नाम परिवर्तन भएको देख्दा । विकासको नाम परिवर्तन भएर निकास भएको छ । नेपाली समाज अब साँच्चै भन्ने हो भने एक्काइसौ शताब्दीबाट विकसित हुँदै हुँदै गएर मानव विकासको विकसित चरणको खुडकिलोमा झुण्डिएर आफुलाई सोह्रौ शताब्दीको नागरिक भन्न रुचाउन थालेको छ । विश्वकै पश्चगामी छलाङ मार्ने नागरिकका रुपमा चिनाउन सफल भएको पाइएको छ नेपाली समाज ।

आजको मानव यति बाठो भएको छ कि माछा समात्ने प्रयासमा हातभरी वा भनौँ मुठ्ठी भरीको भ्यागुता समातेर सफलताको सिढी उक्लेको कथा सुनाउँदै हिडेको पाइन्छ । झिंगा र डिंगा मार्न नसक्नेहरुले समाजमा गरेको विकासे हर्कत र साना माछा बनेर नाम कमाउन प्रयासरतहरुको नयाँ स्वरुप पनि देखिन थालेको कुरा सबैका अगाडि छलिएर बसेको छ । साना माछा वा भनौ पानी भित्रका छाडा बस्तु जसले पानीभित्र नै खर्वौको भ्रटाचार गरेर पानी भित्रै लुकेर कार्वाही भोग्नबाट उम्किदै आएको छ ।

जसरी पानी समाजको सबैभन्दा वरिष्ठ पदाधिकारी माछा पानी भित्रका खान हुने नहुने विभिन्न प्रकारका जीव तथा स साना माछा, किरा फट्याङ्ग्रा खाएर आफ्‌नो माछो कानुनलाई लत्याएर अनैतिक, अवैधानिक कार्यमा लागेर आफ्‌नो वंशको नै इजजत प्रतिष्ठालाई पानी मै स्वाहा पार्छ । सोही तरिकाले आफूलाई पानीको राजा सम्झेर पौडन बिर्सने साना ठुला सबैखाले माछाले आफ्‌नो अस्तित्वलाई जोगाउन आखिरीमा पानीकै सहारा लिनु पर्ने कुरामा दुई मत हुँदैन ।

पानीभित्र बस्ने माछाभित्र पनि मनपरी तन्त्र चल्दो रहेछ । माछाले पानी संहितालाई नमान्दा वा भनौँ माछाले पानीभित्र बस्दा पालना गनु पर्ने नियम कानुन अथवा अचार र विचार संहिताका कुरा पनि आउलान । यी सबै कुराहरु विचार गर्दा मलाई के लाग्छ भने विश्वमा माछा जस्तो स्वच्छ चरित्र र पवित्र भावनाको जीव पनि भ्रष्टमतिमा लागेर भ्रष्टगतिमा प्रगतिशील विचारलाई अंगालेर भ्रष्टपतिका रुपमा गाउँदेखि केन्द्रसम्म चिनिएको कुरा सबैतिर हल्ला नभएको होइन ।

पानी मुनी बस्ने माछाबाट नै सिकेर होला सायद आजको मानवले पनि त्यही सिकेर आफ्‌नो इमान बिक्री गरेर अन्त्यमा चारशब्दको घोषित नायक बनेको छ । पानी मुनी बसेर मान्छेले दिएको चारो खान पल्केको माछो साँच्चै भन्ने हो भने हिजोआज मान्छेलाई नै बिक्री गरेर भ्रष्टाचार गर्ने काममा मस्त, व्यस्त र प्रष्ट छ भन्दा कुनै अनुपयुकत नहोला भन्न सकिन्न ।

माछाको राजनीति पानीसँग भए पनि मान्छेलाई बिक्री गरेर अमेरिका, युरोप, अष्ट्रेलिया तथा विश्वका विभिन्न मुलुकमा मानवले भ्रष्टाचारको कालो जालो फिंजाएको छ । कालो जालोभित्र आफैँ रुमलिएर पानीभित्रको माछालाई पनि छाडेन भने दिसा पिसाव लगायतका विषयमा पनि राजनीति गरेर माछाहरु भ्रष्टाचारीको अग्रगमनमा सूचीकृत भएर विश्वका साम नाकमा कोइला थुपार्न सफल भएको छ । यसरी प्रगति गरेको देख्दा मलाई माछा प्रति अत्यन्त दुःख र घृणा लागेर आउँछ । किनकि म साँच्चै भन्ने हो भने प्रगतिशीलका नाममा केही लेख्न नजान्ने, नबुझ्‌ने र अरुले प्रगति गरेको देख्न नसक्ने प्रगतिशील भएकोले बढी कुरा लेखेर माछालाई धर्म संकटमा पार्न चाहन्न ।

हुन त माछा सर्वप्रिय सर्वपक्षिय मान्य जलचर प्राणीका रुपमा वा जन्तुका रुपमा रहेको भए पनि मान्छेले माछालाई दुई प्रकारले हेर्दछन । पहिलो विष्णु भगवानको अवतारको रुपमा र दोस्रो तरकारीको रुपमा, मिठासपुर्ण मांसाहारी खाद्य सामाग्रीको रुपमा लिइन्छ । जातले भ्रष्टाचारीका रुपमा खासगरी साना माछाले मुलुकमा परिचय पाएको भए पनि ठुला माछाहरु भने सधैँ ठुला पोखरी, समुन्द्र तथा ठुला नदीहरु कोशी, कर्णाली,नारायणी, त्रिशुली लगायतका नदीहरुमा लुकेर नै जीवन यापन गरिरहेको पाइन्छ ।

माछाको यात्राको कुरा गर्दा घुमिफिरी रम्जाटार भनेझैँ जतिसुकै घुमेपनि पानीभन्दा बाहिर गएर घुम्न सक्दैन । माछाले पानी बाहिर गएर जीवन यापन गर्‍यो भने बुझौँ यो विश्वमा केही नयाँ उत्पात हुनेछ । यदि देशमा नयाँ उत्पात भयो भने त्यो भ्रष्टाचारी साना माछा पानी बाहिर निस्केर विद्रोह गरेको भन्ने बुझ्‌न कुनै गाह्रो हुनेछैन ।

मुलुकमा भ्रष्टमाछाहरुका कारण आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, भौतिक तथा अन्य प्रकारका संकटले उत्पात मच्चाएर विकासे यात्राहरु नै तहस नहस हुने कुराले अग्रगामी छलाङ मार्ने कुरामा विश्वास गर्न सकिने ठाउँ कुना काप्चामा रहने छ । माछाहरुले सोच विचार गर्नु पर्ने कुरा के हो भने पानीमा धमिलो पानीमा बस्नेले बाहेक अरुले वा भनौँ सङ्लो पानीमा बस्नेले भ्रष्टाचार गरेमा त्यो छर्लङ देखिन्छ । त्यसैले प्राय जसो धमिलो पानीमा नै बस्नु र सङ्लो पानी भएका समयमा आफू पारदर्शी छु भन्ने देखाउन स्वच्छचारीको खोल ओढने काम गर्न नविर्सनु ।

हाम्रो समाजमा माछालाई साइत पार्ने जीवका रुपमा लिइन्छ । तर मलाई चाहिं यो जीवले साइत होइन हुने काम पनि बिगार्छ जस्तो लागेर आउँछ । किनभने पानीमा त्यो माछा समात्न गयो भने मुठ्ठीमा बस्न नपाउँदै उम्कन्छ । कार्वाही भोग्नु पर्ने डरले पानीबाट कता कता अलप हुने कलाको पारखी र भगौडा व्यवहारले पनि यी साना माछाहरुलाई सरकारले भ्रष्टाचारीको आरोप लगाउको हो कि भन्ने मलाई शंका लागेर आउँछ ।

यी भ्रष्टाचारी माछाहरुलाई म के भन्न चाहन्छु भने पानी समाजमा बसेर मानव समाजभित्रका कुरा पानीभित्र नफैलाउनु । यदि फैलाउनु नै छ भने पानी बाहिर फैलाउनु किनभने पानी बाहिरको संसारमा रमाउन आजको समयमा सर्प, भ्यागुता, गगटा, कछुवा गोही, शंखेकिरा, सिपी, घोघीहरु होटल, रेष्टुरेन्ट, फुडलेन्ड लगायतका ठाउँहरुमा भेला हुने गरेको कुरा पनि जानकारी गराउन चाहन्छु । पानी बाहिरको रमाइलो संसारमा भ्रष्टाचारी साना माछाहरु पनि अटाउने भएकोले जतिसक्दो चाँडो पानी बाहिर आएर आफ्‌नो नाम दर्ता गराउन नविर्सनु होला भन्न चाहन्छु ।

सामाजिक रुपमा सम्माननीय, माननीय, श्रीमान वा आदरणीय, नमस्कारनीय लगायतका माछा महोदय ज्यूहरुले पानी मुनी बसेर भए पनि चुपचाप पानीको राजनीति नगरी विष्णु भगवानको इज्जत राखेर दुनियाँ भरीका मछिनीहरुलाई जोगाउने काम गर्दा पनि सबैले मान्ने र सर्वमान्य चिप्ले माछा भएर पानमिा एकाधिकार जमँएर बस्नुका साथै सम्मान पाउन सक्ने कुरामा मलाई विश्वास लागेर आउँछ ।

ठुला मान्छेले साना माछालाई भ्रष्टाचारी भन्ने चलन कसरी प्रारम्भ भयो र ठुला माछालाई ठुला मान्छेले भ्रष्टाचारी भन्न नसक्ने संस्कारले पनि नेपालमा स्थापित हुने मौका पाएको छ भन्दा सोह्रै आना सह िहो भन्ने कुरामा म ढुक्क छु । साना माछालाई भ्रष्टाचारी देख्ने ठुला मान्छेको आँखामा फुलो परेर हो वा मोतिविन्दु रोगले सताएर हो ठुला माछाले कानुन मिचेर पानी नै विदेशमा बिक्री गरे पनि वा नदी नै जिम्मा लाए पनि गैर कानुनी काम गरे पनि भ्रष्टाचारी नहुने परम्पराले विश्व रेकर्ड कायम गरेको छ ।

साँच्चै भन्ने हो भने साना माछाहरु (भुरामाछां) ठुला माछा भन्दा बढी यताउता गरेर सल्बलाउने भएकोले, पानीमा सानो दह, खोला वा पोखरीमा छिचमिरा झैँ सल्बलाएका कारण र साना मानिसले तरकारी बनाएर खान मन पराउने भएकोले होला साना माछालाई सरकारी मान्छेदेखि सडकमा तरकारी बेच्नेसम्मकाले भ्रष्टाचारी भन्न रुचाउँछन् । साना माछा पनि अरुले भ्रष्टाचारी भनिदिंदा खुसी भएर रमाउने गरेको र आफूहरुले ठुला माछालाई गरेको सम्मान स्वरुप ठुलाबाट भ्रष्टाचारीको सम्मान पाउँदा निकै नै गौर वान्वित नभई गर्भवान्वित भएको हर्ष तिरेकको धारणा बाहिर ल्याएर भ्रष्टाचारी साना माछा भन्दै नाकमा कोइला दलिदिएकोमा हार्दिक आभार सहित मुर्ख्यार्इँ व्यक्त गरेको छ ।

भ्रष्टाचारीको महापदले सम्मानित हुन पाउने यो सुवर्ण अवसरमा साना माछा महोदयहरुले धमिलो र सङ्लो पानी बजारमा उत्सव मनाउने र गाग्री, घैटो, बोतल, जार टंकी, ड्रमभित्रको पानीमा पनि साना भुरा माछाहरु हालेर साना माछाहरु भ्रष्टाचारी नै हुन भन्ने कुराको प्रमाण देखाउने महायोजना ल्याएर यो विश्वमा नवौँ आश्चर्य देखाउने तयारी भैरहेको साना भुरा माछा सम्मेलनमा पानी बाहिर आएर उफ्रिरहेका माछाहरुले गरेको माछाकार सम्मेलनमा जानकारी दिएका छन् ।

भ्रष्टाचारी माछाहरु प्राय सबै साना मात्र भएको र ठूला माछाहरु जहिल्यै उम्कने गरेको गुनासो सर्वत्र सुनिने गरेको छ । किन साना माछाहरुको यसरी हुर्मत लिएको भनेर ठुला माछा, भ्यागुता, कछुवा , गोहीहरुलाई प्रश्न गर्दा उनीहरुले हामी पानीमा बस्ने सबै समान छौँ । तर हामीमा म ठुलो भन्ने अहंकारले गर्दा केही समस्याहरु बढेको छ । अर्कोतिर पानीभित्र कै केही जीवहरुले आफूभन्दा साना जो कोही जन्तुहरुलाई पनि देख्यो कि झम्टेर निल्नु पर्ने, कसैलाई घाइते बनाएर अशक्त पारेर छाड्नु पर्ने, कसैलाई लखेटेर सात समुद्र पारी पुर्‍याउनु पर्ने जीवहरु पनि पानीभित्र रहेका छन् ।

अब यो भ्रष्टाचारी साना माछाका बारेमा धेरै कुरा के भनौँ । अपराध र गल्ती गर्ने ठुला माछा चोट सहने र आरोपमा कार्वाही भोग्ने साना माछा साँच्चै बहादुर हुन भन्दा कुनै फरक पर्दैन । नेपालमा यस्ता मुला कुरा साह्रै सामान्य हो भन्दा हुन्छ । धान खाने मुसो चोट पाउने भ्यागुतोको ठाउँमा अब साना माछा भन्दा कुनै फरक पर्दैन । अरुले पनि साना माछा माथि नै दोष थोपर्ने र ठुला माछाले पनि साना माछा माथि नै दोष्या थोपर्ने हो भने सानाले अब देशमा नबसे पनि हुने भयो ।

आखिरी दोष साना माछालाई लगाएर आफूहरु उम्कने ठूला माछा र अरुको जालझेलले के देखाउँछ भने मिठो मसिनो खाएर भुस र बोक्रा साना माछालाई दिएर उसैलाई दोषी देखाउने चलन राजाको समयदेखि चलेकोले अहिले राजावादीहरु त्यस्तै भूमिकाको खोजीमा कोकोहोलो मच्चाई रहेका छन् । तर यो व्यर्थ हो भन्ने कुरा राजावादीहरुले बुझ्‌नु पर्छ । अर्को कुरा हिजोको जस्तो गरी अब साना माछालाई भ्रष्टाचारी भनेर आरोप लगाउन पाइन्न चेतना भया ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x