साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्व सुन्दरी

कुर्थामाथि लाउने हो सल बेरेर आफै दङ्ग पर्नेछौ मलाई हेरेर पहेँलपुरे सुनका चुरा टल्काउँछु हाँसको तालमा लचक्क जिउ ढल्काउँछु

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

कालो कालो अनुहार गोरो बनाउँछु
च्याउरिएको गालामा पाउडर खन्याउँछु

मक्ख पर्दै हाँस्ने हो केलाई रुने हो
हिरोनीझैँ म पनि राम्री हुने हो
आँखा च्याती कोशमा गाजल लाउँछु
पर्ख एकछिन पियारा भेट्न आउँछु

स्यानो स्यानो बाटुलो ऐना हेर्छु है
एक छिनपछि निस्किन्छु लुगा फेर्छु है
पाएँ भने नक्कली दाँत टाँस्ने हो
मीठो हाँसो हाँसेर माया गाँस्ने हो

कुर्थामाथि लाउने हो सल बेरेर
आफै दङ्ग पर्नेछौ मलाई हेरेर
पहेँलपुरे सुनका चुरा टल्काउँछु
हाँसको तालमा लचक्क जिउ ढल्काउँछु

काइँयो खोजी गुन्द्रुके लट्टा फोरेर
चमेली तेल घसेर कपाल कोरेर
चिरिच्याट्ट नपरी त्यसै आइँदैन
हाम्रो पनि मनै हो हेप्न पाइँदैन ।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
अलार्म घडीले

अलार्म घडीले

रमेशचन्द्र घिमिरे
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x