साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रममार्ग

“हजुरको बुबा र मेरो दोस्ती त पुरानै हो । परार साल यही गाउँमा सँगै चिया पिएर मज्जाले गफ गरेको मलाई हिजै जस्तो लाग्छ । अनि बुबा त सन्चै हुनुहुन्छ नि ?”

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

चुनावी माहोल थियो । नेताहरू गाउँ पसे । जनताले नमस्कार पाउन थाले ।

“अरूलाई बिर्से पनि रामप्रसादलाई बिर्सनु हुन्न ।” भन्ने कार्यकर्ताको बेजोड सल्लाह नेताले पाइरहेका थिए ।

पहिल्यैदेखि घोकिरहेको नाम त्यसैले नेतालाई “रामप्रसादजी नमस्ते !” भन्न कुनै अप्ठेरो परेन । नेताजीले आफ्नो नाम पुकारेपछि रामप्रसाद खुसी देखियो । गाउँको चल्तो पुर्जो मान्छे, उस्तै परे भोट बैङ्क थियो ऊ ।

“म तपाईंलाई सम्झिरहन्छु नि ! तपाईंको परिवारलाई पनि मैले बिर्सेको छैन ।” नेताको कुराले रामप्रसाद झन् खुसी भयो ।

नेता चिल्लो घस्दै थिए -“हजुरको बुबा र मेरो दोस्ती त पुरानै हो । परार साल यही गाउँमा सँगै चिया पिएर मज्जाले गफ गरेको मलाई हिजै जस्तो लाग्छ । अनि बुबा त सन्चै हुनुहुन्छ नि ?”

दस वर्षअघि नै स्वर्गे भइसकेका पिताजीलाई रामप्रसादले झलक्क सम्झ्यो । नेताको उत्तर फर्काउनतिर उसले ध्यानै दिएन ।

०००
भोर्लेटार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
अलार्म घडीले

अलार्म घडीले

रमेशचन्द्र घिमिरे
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x