साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झगडा पदको

छैन विकास नयाँ अब दूर भयो देश सखाप भयो छलछाम बढ्यो हुन्छ सदा झगडा दल-मादलको घात बढ्यो दलमा झगडा पदको ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

लोभ र पाप बढे नरको मनमा
पर्दछ दृष्टि सदा परको धनमा
झूट अनेक चढ्यो पदको मदको
नायक बान्धवमा झगडा पदको ।।१

मानव जीवनले किन घात पियो
आखिर घाट पुगीकन जल्छ हियो
कौरव पाण्डवको झगडा ननिको
आर्थिक आर्जनमा झगडा पदको ।।२

शुद्ध रहेन नदी मलमूत्र थलो
दास विदेश पुगे सरकार ढल्यो
शान्ति मिलेन कसै जब घात बढ्यो
दुस्मन मित्र बने झगडा पदको ।।३

छैन विकास नयाँ अब दूर भयो
देश सखाप भयो छलछाम बढ्यो
हुन्छ सदा झगडा दल-मादलको
घात बढ्यो दलमा झगडा पदको ।।४

एक बनौँ जनता अब देश बचोस्
दुस्मनको मनमा अतिवाद हटोस्
त्रास सदैव हटोस् तनको मनको
घात अनेक रचे झगडा पदको ।।५

०००
पाउँदी, लमजुङ । हाल- कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x