साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोचाइ

मुरलीधरले व्यङ्ग्य गर्दै भने “मर्ने बेलामा हरियो काँक्रो ।“ श्रीधरले पनि जोसिलो भएर जवाफ फर्काए “कुकुरलाई घिउ पच्दैन भन्थे हो रहेछ ।”

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“कता हिँड्यौ श्रीधर ?” असीको दशकका दामले मुरलीधरले प्रश्न गरे ।
“रङ्गशाला हिँडेको नि ।” मुरलीधरलाई जवाफ फर्काए ।

“के छ नि आज रङ्गशालामा ?“ उनले गोडा खोच्याउदै जिज्ञासालाई बढाए ।
नगरपालिकाले जेष्ठ नागरिकहरूलाई सक्रिय गराउन र मानसिक रोगबाट मुक्त गराउन राखेको कार्यक्रममा सहभागीहुन हिँडेका श्रीधरले भने “आज दौड प्रतियोगिता छ । भागलिन हिँडेको ।”

“यो उमेरमा दौड प्रतियोगिता ?” मुरलीधरले ओठ लेप्रियाए ।
“तिमीले सुनेका छौ ? डाँडाघरे आमैले नातिनीसँग बसेर एस इ इ परिक्षा दिइन् । कुन देशका हुन् कोनी सत्तरी वर्षका पर्यटकले सगरमाथा शिखर चढे अरे । तिमी पनि हिँड बरू दौडमा सहभागिता जनाऊ, आँट नभए दर्शक त बन्न सक्छौ नि ?” भन्दै श्रीधर अगाडी बढे ।

मुरलीधरले व्यङ्ग्य गर्दै भने “मर्ने बेलामा हरियो काँक्रो ।“
श्रीधरले पनि जोसिलो भएर जवाफ फर्काए “कुकुरलाई घिउ पच्दैन भन्थे हो रहेछ ।”

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x