साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन – १०

मायाले दिनु खानपान रसिलो, जानेर सारा धन । छायामा बस मातृ पितृ विभुको, लाएर पूरा मन ॥ आर्जेको धन दुःखकष्ट सब ती, सम्झेर त्यो द्योतक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

वृद्धाको सब योगदान मनमा, राखोस् युवा वर्गले ।
सम्झोस् दुःख अतीत कर्म उनका, सन्मान होस् गर्वले ॥
होस् कर्तव्य यहाँ सदैव मनमा, दायित्व ठानी सक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥ ४७॥

जो कर्तव्य सदा गरोस् सहजले, सन्तानले एक त्यो ।
आमाबावु सदा रहन्न जगमा, निर्बाधले सोच जो ॥
जे जे गर्नुछ धेर सेवक भई, होस् जिन्दगी सार्थक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥४८॥

बोली नम्र रहोस् सदा स्वजनमा, माता पिता देवता ।
चिन्ता पीर नहोस् सदैव तिनमा, माया गरी सर्वथा ॥
दुख्दा चित्त कदापि हुन्न शुभ त्यो, लेओस् न आज्ञा धक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥४९॥

मायाले दिनु खानपान रसिलो, जानेर सारा धन ।
छायामा बस मातृ पितृ विभुको, लाएर पूरा मन ॥
आर्जेको धन दुःखकष्ट सब ती, सम्झेर त्यो द्योतक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥ ५०॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

राजेन्द्रकुमार बज्राचार्य
बुबा र आमा, सधैँ हसाऔँ

बुबा र आमा, सधैँ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १२

वृद्ध चिन्तन – १२

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ११

वृद्ध चिन्तन – ११

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x