साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन – १२

राम्रो पढ्न अमेरिका किन गयो, साथीहरू साथमा । गाह्रो साथ बसे त्यहाँ मन भयो, रोयो हियो आँतमा ॥ केही साल बितेे त्यहाँ खबर त्यो, भुल्दै गयो झन् पर । वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

पुर्‍याएर विमानस्थल सबले, दुख्दा सबैको मन ।
होला शान्ति हियो कतै पटलमा, पूरा हुँदाका दिन ॥
ऊ पुग्दा त भए खुसी सहजले, त्यो कर्मथलो तर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५६॥

ऊ पुग्दा त भए खुसी सहजले, त्यो कर्मथलो नर ।
शिक्षामा मन राख्नु है सहजमा, फोरुन् यहाँ पत्थर ॥
त्यो प्रारम्भ मिठो भयो खबरले, छायो खुसी सागर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५७॥

यौटै पुत्र बिदाइ भो कहरमा, दुख्दै हियो भित्र नै ।
होस् विद्वान् अब ज्ञानको नद नदी, पौडी रहोस् मत्स्यझैँ ॥
ज्ञानी होस् नव ज्ञानले अब सदा, राखोस् यहाँ जाँगर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५८॥

ठूलो स्वप्न छ जिन्दगी भर यहाँ, हाँसेर बाँचूँ सदा ।
माया भाव रहोस् सदैव दिनमा,नाचेर साँचूँ बडा ॥
सारा विश्व तनावमा हरदिनै, वृद्धा बसेको घर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥५९॥

राम्रो पढ्न अमेरिका किन गयो, साथीहरू साथमा ।
गाह्रो साथ बसे त्यहाँ मन भयो, रोयो हियो आँतमा ॥
केही साल बितेे त्यहाँ खबर त्यो, भुल्दै गयो झन् पर ।
वृद्धा छन् सब पीरमा दिनदिनै, फर्केर आऊ घर ॥६०॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

राजेन्द्रकुमार बज्राचार्य
बुबा र आमा, सधैँ हसाऔँ

बुबा र आमा, सधैँ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ११

वृद्ध चिन्तन – ११

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १०

वृद्ध चिन्तन – १०

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x