साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोका

भेडाहरूले चुनाव पनि जिताए । अझै उनीहरूको रौँ फिर्ता गर्ने सम्भावना देखिएन । भेडाहरू निराश र चिन्तित भए । पुनः भेडाहरूले आफ्नो चरण विकासको बजेट निकासाको लागि ऊसँग ठूलो रकम माग गरे ।

Nepal Telecom ad

विवेक शर्मा गौतम :

गोठालो निकै इमान्दार देखिन्थ्यो ।

ऊसँग एक बथान भेडा थिए । ती भेडाहरूको शरिरमा बाक्लो रौं थियो । गोठालोले भेडाको रौं काटेर ऊन बनाउने सोच्यो । एकदिन मेसिन लगाएर एक बथान भेडाहरूको रौं काटेर नाङ्गेझार पार्यो । उसले रौंलाई ऊन बनाएर त्यसबाट सुइटर, टोपी, राडीपाखी, पटुका जस्ता न्याना वस्त्र बनाएर गाउँमा बेच्ने योजना बनायो । त्यसबाट मनग्य आम्दानी गरेर चुनाव लड्ने विचार गर्‍यो ।

उता जाडो याम शुरु हुनै लाग्यो । भेडाहरूलाई जाडोमा कसरी बाँच्ने भन्ने चिन्ता लाग्यो । सबै भेडाहरू जसरी भए पनि आआफ्नो रौँ फिर्ता माग्नुपर्छ भन्नेमा लागे । गोठालोले सजिलै फिर्ता नदिने निणर्य गर्‍यो । गोठालोले भेडाहरूलाई लगाएको कामहरू सम्पन्न गरेपछि मात्र उनीहरूलाई रौं फिर्ता गर्ने सहमति भयो ।

भेडाहरू गाउँगाउँमा गएर चुनाव प्रचार प्रसार गर्न थाले । आफ्ना रौँबाट बनेका न्याना बस्त्रहरू बेच्न र केही बाँडन थाले । उनीहरूले उठाएर दिएको पैसा गोठालाले जम्मा गर्दै गयो । भेडाहरूले पैसा बुझाएपछि आफ्नो रौं फिर्ता माग्न थाले । चुनाब जितेपछि फिर्ता गर्छु भन्यो ।

भेडाहरूले चुनाव पनि जिताए । अझै उनीहरूको रौँ फिर्ता गर्ने सम्भावना देखिएन । भेडाहरू निराश र चिन्तित भए । पुनः भेडाहरूले आफ्नो चरण विकासको बजेट निकासाको लागि ऊसँग ठूलो रकम माग गरे । ऊ निकै खुशी र उत्साहित भयो । उसले केन्द्र सरकारसँग माग गर्‍यो ।

उक्त बजेट कुम्ल्यायो । गोठालो-सांसद स्वीटजरल्याण्डतिर कुलेलाम ठोक्यो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

 गम्भीर व्यंगयुक्त लघुकथा ।
मैले पढेको तपाईको यो पहिलो लघुकथा । 
यसले तपाईको लघुकथाप्रति चासो बढाइ दिएको छ ।

Vibek Sharma Gautam
Vibek Sharma Gautam
1 year ago

पढ्नु भएछ । खुशी लाग्यो।धन्यवाद सर ।

Nepal Telecom ad
थिति

थिति

विवेक शर्मा गाैतम
बागमतीको रोष

बागमतीको रोष

विवेक शर्मा गाैतम
पेटारो

पेटारो

विवेक शर्मा गाैतम
संविधान

संविधान

विवेक शर्मा गाैतम
कार्यालयको काम

कार्यालयको काम

विवेक शर्मा गाैतम
थिति

थिति

विवेक शर्मा गाैतम
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
2
0
Would love your thoughts, please comment.x
()
x