साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान

विधान शर्माले दुई हजार सात सालदेखि बहत्तर सालसम्म धेरै दुःख गरे । धेरै वटा संविधान बनाए । तर देश चाहिँ बनाउन किन सकेनन् ?

Nepal Telecom ad

विवेक शर्मा गौतम :

धिपिक्क निभ्दै पुनः बल्दै अनि परिमार्जित हुँदै विधान शर्मा यहाँसम्म पुगेका छन् । मुन्सिखाना कठघरा कारागार र जेल उनलाई नौलो लाग्दैन । जेलभित्र पस्ने र बाहिर निस्कने घटनाहरूले उनलाई परिपक्व बनाउँदै लग्यो ।

विधान शर्मा चार सालमा मुन्सिखानाबाट निस्के । फेरि भित्र पसे । सात सालमा बाहिर निस्के । फेरि आफ्ना अधिकार इच्छा थप्दै गए । पन्ध्र र उन्नाइस सालमा झन एकात्मक रुपरङ्गमा कडा भएर निस्के । विद्रोह र स्वतन्त्रताका चिराग थप्दै गए । बाल्दै गए । तिनै विधान शर्मा सच्चालिस सालमा फेरि जेलबाट बाहिर निस्किए । जुङ्गामा ताउ लगाउँदै त्रिसठ्ठीसम्म पुग्दा पनि मनको इच्छा पूरा भएन । अझै केही घेरा बन्देजको महसुस गरी उनी फेरि बाहिर निस्कने निधो गरे । त्रिसट्ठीपछि मत्ता हात्ती र लक्का जवान भएको आफूलाई सम्झे ।

विधान शर्माले दुई हजार सात सालदेखि बहत्तर सालसम्म धेरै दुःख गरे । धेरै वटा संविधान बनाए । तर देश चाहिँ बनाउन किन सकेनन् ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
थिति

थिति

विवेक शर्मा गाैतम
बागमतीको रोष

बागमतीको रोष

विवेक शर्मा गाैतम
पेटारो

पेटारो

विवेक शर्मा गाैतम
धोका

धोका

विवेक शर्मा गाैतम
कार्यालयको काम

कार्यालयको काम

विवेक शर्मा गाैतम
थिति

थिति

विवेक शर्मा गाैतम
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x