विवेक शर्मा गाैतमसंविधान
विधान शर्माले दुई हजार सात सालदेखि बहत्तर सालसम्म धेरै दुःख गरे । धेरै वटा संविधान बनाए । तर देश चाहिँ बनाउन किन सकेनन् ?

विवेक शर्मा गौतम :
धिपिक्क निभ्दै पुनः बल्दै अनि परिमार्जित हुँदै विधान शर्मा यहाँसम्म पुगेका छन् । मुन्सिखाना कठघरा कारागार र जेल उनलाई नौलो लाग्दैन । जेलभित्र पस्ने र बाहिर निस्कने घटनाहरूले उनलाई परिपक्व बनाउँदै लग्यो ।
विधान शर्मा चार सालमा मुन्सिखानाबाट निस्के । फेरि भित्र पसे । सात सालमा बाहिर निस्के । फेरि आफ्ना अधिकार इच्छा थप्दै गए । पन्ध्र र उन्नाइस सालमा झन एकात्मक रुपरङ्गमा कडा भएर निस्के । विद्रोह र स्वतन्त्रताका चिराग थप्दै गए । बाल्दै गए । तिनै विधान शर्मा सच्चालिस सालमा फेरि जेलबाट बाहिर निस्किए । जुङ्गामा ताउ लगाउँदै त्रिसठ्ठीसम्म पुग्दा पनि मनको इच्छा पूरा भएन । अझै केही घेरा बन्देजको महसुस गरी उनी फेरि बाहिर निस्कने निधो गरे । त्रिसट्ठीपछि मत्ता हात्ती र लक्का जवान भएको आफूलाई सम्झे ।
विधान शर्माले दुई हजार सात सालदेखि बहत्तर सालसम्म धेरै दुःख गरे । धेरै वटा संविधान बनाए । तर देश चाहिँ बनाउन किन सकेनन् ?
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































