विवेक शर्मा गाैतमकार्यालयको काम
सेवाग्राही हाकिमको कोठाबाट बाहिर निस्किँदै भन्छन् ‘काम सानो होस् वा ठूलो कार्यालयमा लापरवाही होइन संवेदनशिल भएर कार्य गर्नु पर्छ ।’

विवेक शर्मा गौतम :
टिरिरिरी ढोका छेउमा घण्टी बज्छ । कार्यालय सहयोगी हाकिमका अगाडि उपस्थित हुन्छिन् । ‘यो दुई वटा नम्बरका फाइल खोजेर ल्याउनुहोस्’ भनेर हाकिमले निर्देशन दिन्छन् । ‘हस् सर’ भनेर अर्को कोठा लाग्छिन् ।
फाइल नम्बर अडर अनुसार राखिएको हुँदैन । जताततै खोज्छिन् । फाइल भेटिदैनन् । ‘भेटिएन सर’ भन्न आउँछिन् । ‘भेटिएन भनेर सुख्ख पाइन्छ जसरी भेटनै पर्छ’ हाकिम भन्छन् । अर्को दराजको क्याबिनमा खोज्छिन् । आफूले राखेको ठाउँमा भेट्दिनन् । दाँतबाट पसिना झर्छ । रातो पिरो हुन्छिन् । अझै भेटिँदैन । हाकिमले फेरी भन्छन् ‘तपाईं विदा बसेको दिनमा टिप्पणी उठाएँको थिएँ नि त्यहि फाइल खोज्नुहोस् त !’
फाइल ठूलो एक हातले उचाल्न सकिँदैन । हस् भनेर पुनः खोज्न जान्छिन् । त्यति ठूलो फाइल कहाँ गयो त ? भन्छिन् । उनले अर्को कुनामा राखेको भेट्छिन् । ओहो ! मैले राखेको नि त्यो त हाकिमले भन्छन् ।
‘कर्मचारीको उत्तरदायित्व बढी भए पछि सेवाग्राहीको समयसँग ख्याल हुँदोरहेछ’ हाकिमसाब् भनेर सेवाग्राहीले व्यङ्ग्य गर्छन् । हाकिम रिसाएर ‘जानुहोस्, तपाईंको काम आज हुँदैन’ भन्छन् । कार्यालय सहयोगीले उक्त फाइल हाकिमको टेबुलमा राख्दै भन्छिन् ‘सरको गल्ती कत्ति पनि छैन । गल्ती त मेरै हो ।’ ‘कसरी ?’ हाकिम भन्छन् ।
‘म विदामा बसेको बेला सरको पद घटुवा भएर मेरो पदमा आफैले आफैलाई कार्यादेश गराउनु भएछ नि त !’ ‘त्यसो भए मेरो काम तपाईं नहुन बित्तिकै रोकिने त’ हाकिम भन्छन् । तुरुन्त जवाफ फर्काउँछिन् ‘त्यो त होइन बरू मेरो तलब र सेवाग्राहीको काम रोकिन्छ हजुर नभएपछि’ उनी भन्छिन् । सेवाग्राहीलाई दस्तखत गरेर कागज दिन्छन् ।
सेवाग्राही हाकिमको कोठाबाट बाहिर निस्किँदै भन्छन् ‘काम सानो होस् वा ठूलो कार्यालयमा लापरवाही होइन संवेदनशिल भएर कार्य गर्नु पर्छ ।’
०००
हाल अस्टिन अमेरिका
Subscribe
Login
0 Comments
Oldest








































