विवेक शर्मा गाैतमबागमतीको रोष
दुईचार दिन बिताएर जाने मान्छे अहङ्कार र आडम्बरी किन चाहिन्छ ? आज देख्नु परेको छ, दुःखकष्ट निरीह मान्छेलाई के दोष । दोष त तिम्रा भोग र प्यास नबुझ्नेलाई होला ।

विवेक शर्मा गौतम :
बाटोमा हिँड्ने बटुवाको के दोष ?
आकाशबाट झर्ने झरी र बग्ने खोलाको के दोष ?
सुरक्षित ठाउँलाई कमाउने र कानून भित्र रमाउनेको के दोष ?
दोषी त त्यो हो,
जस्ले खोला मिचेर घर बनाउँछ ।
खोला किनार समेतलाई जग्गा पास गराउँछ ।
किनारा मिचेर स्कूल कलेज होस्टेल होटेल बनाउँछ ।
खोला नाला ताल तलैया बेचेर नाफा कमाउँछ ।
नाफा खाएर भूँडी बनाउँछ ।
विपत्ती आई पर्दा त्यहि भूँडी फुटाउँछ ।
सर्वसाधारलाई गन्धा बनाउँछ ।
अरु बेला,
बागमति विष्णुमती इच्छुमती किनारमा
उभिएर माता भन्दै धुपवत्ती जलाउँछ ।
हामी मातालाई पर्खालले वारीपारी घिच्याउँदै घाँटी अठ्याउँछ ।
बागमती भन्छिन्
हे !
मानव तिम्रो लोभ लालच मोह आशक्ति
कति चाहिन्छ, किन चाहिन्छ ?
घुसखोरी डकैति ठगि तिम्रो प्रवृतिमा पाइन्छ ।
हामी जस्तो अनन्तकाल बाँच्ने होइन ।
दुईचार दिन बिताएर जाने मान्छे
अहङ्कार र आडम्बरी किन चाहिन्छ ?
आज देख्नु परेको छ,
दुःखकष्ट निरीह मान्छेलाई के दोष ।
दोष त तिम्रा भोग र प्यास नबुझ्नेलाई होला ।
तिमीले हामीलाई सदव्यवहार गर ।
सदाचारी वन, कन्चन निर्मल बागमती विष्णुमती बन्न देउ ।
हाम्रो बाटो नछेक हामीलाई रिस नउठाउ ।
होइन भने घरघर भित्र पसेर क्षेतविच्छेद बनाउँछौँ ।
घर लडाइदिन्छौँ ।
तिमीलाई बगाइदिन्छौ ।
लालाबाला धन सम्पति हाम्रा भेलमा नचाई दिन्छौँ ।
भनेको मान मानव !
उस्तै परे मिचिएका बस्तीबाट निकाली दिन्छौ ।
अटेरी गरे हाम्रा किनाराबाट भगाई दिन्छौँ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































