साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बागमतीको रोष

दुईचार दिन बिताएर जाने मान्छे अहङ्कार र आडम्बरी किन चाहिन्छ ? आज देख्नु परेको छ, दुःखकष्ट निरीह मान्छेलाई के दोष । दोष त तिम्रा भोग र प्यास नबुझ्नेलाई होला ।

Nepal Telecom ad

विवेक शर्मा गौतम :

बाटोमा हिँड्ने बटुवाको के दोष ?
आकाशबाट झर्ने झरी र बग्ने खोलाको के दोष ?
सुरक्षित ठाउँलाई कमाउने र कानून भित्र रमाउनेको के दोष ?
दोषी त त्यो हो,
जस्ले खोला मिचेर घर बनाउँछ ।
खोला किनार समेतलाई जग्गा पास गराउँछ ।
किनारा मिचेर स्कूल कलेज होस्टेल होटेल बनाउँछ ।
खोला नाला ताल तलैया बेचेर नाफा कमाउँछ ।
नाफा खाएर भूँडी बनाउँछ ।
विपत्ती आई पर्दा त्यहि भूँडी फुटाउँछ ।
सर्वसाधारलाई गन्धा बनाउँछ ।
अरु बेला,
बागमति विष्णुमती इच्छुमती किनारमा
उभिएर माता भन्दै धुपवत्ती जलाउँछ ।
हामी मातालाई पर्खालले वारीपारी घिच्याउँदै घाँटी अठ्याउँछ ।
बागमती भन्छिन्
हे !
मानव तिम्रो लोभ लालच मोह आशक्ति
कति चाहिन्छ, किन चाहिन्छ ?
घुसखोरी डकैति ठगि तिम्रो प्रवृतिमा पाइन्छ ।
हामी जस्तो अनन्तकाल बाँच्ने होइन ।
दुईचार दिन बिताएर जाने मान्छे
अहङ्कार र आडम्बरी किन चाहिन्छ ?
आज देख्नु परेको छ,
दुःखकष्ट निरीह मान्छेलाई के दोष ।
दोष त तिम्रा भोग र प्यास नबुझ्नेलाई होला ।
तिमीले हामीलाई सदव्यवहार गर ।
सदाचारी वन, कन्चन निर्मल बागमती विष्णुमती बन्न देउ ।
हाम्रो बाटो नछेक हामीलाई रिस नउठाउ ।
होइन भने घरघर भित्र पसेर क्षेतविच्छेद बनाउँछौँ ।
घर लडाइदिन्छौँ ।
तिमीलाई बगाइदिन्छौ ।
लालाबाला धन सम्पति हाम्रा भेलमा नचाई दिन्छौँ ।
भनेको मान मानव !
उस्तै परे मिचिएका बस्तीबाट निकाली दिन्छौ ।
अटेरी गरे हाम्रा किनाराबाट भगाई दिन्छौँ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
थिति

थिति

विवेक शर्मा गाैतम
पेटारो

पेटारो

विवेक शर्मा गाैतम
धोका

धोका

विवेक शर्मा गाैतम
संविधान

संविधान

विवेक शर्मा गाैतम
कार्यालयको काम

कार्यालयको काम

विवेक शर्मा गाैतम
थिति

थिति

विवेक शर्मा गाैतम
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x