साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेटारो

छोराहरूले साहसिक कार्य गरेको देखेर खुशी भए । छोराहरूलाई अन्तराष्ट्रिय पौडीवाज बनाउने सम्म सोच्न भ्याए । जब उनीहरू पारि पुगेर वारि फर्कन लागेका थिए नजिकै भयानक विष्फोटनको आवाज आयो ।

Nepal Telecom ad

विवेक शर्मा गौतम :

चतुरप्रसादले करोडौं रुपैयाँ उठाएर टाँडीखेत सिचाई गर्ने योजना बनाए । उनकी श्रीमती चतुरीको दवाबमा चतुरले पैसा उठाए पनि । पेटारोभरि जम्मा भएको पैसा देखेर दुवै दङ्ग परे । खुशी भए । एक सय पचास हात अग्लो नक्कली बाँध बाँधे । छोराहरूले पेटभरि भात खान पाउने भए भनेर चतुरी रमाइन् । बाँधलाई कमसल पर्खाल बनाएर भए पनि छोराहरूको लागि पैसा बचाउने चतुरले सोचे । जुम्ल्याहा छोराहरू बाँधमा पौडी खेल्न पाइने भयो भनेर खुशी भए ।

चतुरीले भनिन् – “नजाऊ है नजाऊ ! भनेको मान !”

भन्दाभन्दै पनि छोराहरू स्कुलको झोला बोक्नुको सट्टा लाइभ जाकेट टिपेर बाँधमा पौडी खेल्न हिँडे । पौडी खेलेर दुई चार पटक बाँधमा वारपार गरे । आफूले आफैलाई साहसीको बिल्ला भिडाए । चतुर चतुरीले घरको झ्यालबाट उनीहरू पौडेको हेरिरहे। छोराहरूले साहसिक कार्य गरेको देखेर खुशी भए । छोराहरूलाई अन्तराष्ट्रिय पौडीवाज बनाउने सम्म सोच्न भ्याए । जब उनीहरू पारि पुगेर वारि फर्कन लागेका थिए नजिकै भयानक विष्फोटनको आवाज आयो ।

हेर्दा हेर्दै बाँध फुट्यो । पानीको भेलमा पच्छारिँदा घरमा बाले पेटारोभरि लुकाएर राखेको पैसाको बिटो सम्झे । छोराहरूलाई भेलले बगाएको देखेर पेटारो हेर्दै चतुर र चतुरी यसैले खायो भन्दै धुरु धुरु रोए ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
थिति

थिति

विवेक शर्मा गाैतम
बागमतीको रोष

बागमतीको रोष

विवेक शर्मा गाैतम
धोका

धोका

विवेक शर्मा गाैतम
संविधान

संविधान

विवेक शर्मा गाैतम
कार्यालयको काम

कार्यालयको काम

विवेक शर्मा गाैतम
थिति

थिति

विवेक शर्मा गाैतम
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x