साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पछुतो

तिम्रा अहङ्कारयुक्त दम्भ र लघुताभासले जलेको तिम्रो आसन विष वमन गर्छ तिमी जस्तै अर्को पात्रसँग मेरा कृत्यहरूप्रति अनि ओकल्छौ तिम्रो हृदय भित्रको कालकुठ ॥

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

जसरी मलाई देख्दा मात्र पनि
तिम्रो मस्तिष्कमा ज्वारभाटा उठ्छ
त्यसरी नै तिम्रो अनुहार देख्दा
मेरो रक्तसञ्चार नै उल्टिन खोज्छ ॥

देवत्वको आसनमा बसेर
दानवी चर्तिकला देखाउँदा
तिमी राष्ट्रिय पोशाकमा सजिए पनि
पूणर् रूपमा नाङ्गिए झैं लाग्छ ॥

अल्पज्ञानको क्षमतालाई ओहदाले सिङ्गारे पनि
तिम्रा बोलीका प्रत्येक शब्दले
कहिले तिम्रो नालायकीपन उघार्छौ
कहिले प्रवृत्तताको कुटिलता प्रदर्शन गर्छौ ॥

तिम्रा कर्महरू जब थेग्न नसक्ने गरी थुप्रिन्छन्
अनि मेरा असन्तुष्टीहरू छरिन्छन् तिम्रा अगाडि
त्यसबेला तिम्रो मन चिमोटिन्छ आहत बनेर
तर अरुको मन चिमोटिएको बुझ्न सक्दैन ॥

तिम्रा अहङ्कारयुक्त दम्भ र लघुताभासले
जलेको तिम्रो आसन विष वमन गर्छ
तिमी जस्तै अर्को पात्रसँग मेरा कृत्यहरूप्रति
अनि ओकल्छौ तिम्रो हृदय भित्रको कालकुठ ॥

दशकौं चलाउने भएका छौ
यो दुष्चक्रको आरोह अवरोह
वर्तमानको रापतापले भुल्दैछौ
इतिहासले गर्ने निर्मम प्रहार ॥

वर्तमान तिम्रो ऐंचमा भए पनि
इतिहास तिम्रो हैकममा चल्नेछैन
जब तिम्रो कर्तुतको पर्दाफास हुन्छ
तिमी नाङ्गिएर पछुताउनेछौ ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x