नीलहरि काफ्लेहिजै उत्तम थियो
माओ लेनिन अनेक वाद, नीति केही थिएन निरपेक्ष कामकाज भन्दा हिजै उत्तम थियो ॥

नीलहरि काफ्ले :
बुझ सबले आज भन्दा हिजै उत्तम् थियो ।
लोकतन्त्रिक राज भन्दा हिजै उत्तम थियो ॥
कानुनसँग डराउँदथे, मान्नै पर्छ ठान्दथे
नाङ्गै नाच्ने साँझ भन्दा हिजै उत्तम थियो ॥
गल्ती गरे नेल थियो अत्ति गरे बारुद गोली
तस्कर डाँका माझ भन्दा हिजै उत्तम थियो ॥
माओ लेनिन अनेक वाद, नीति केही थिएन
निरपेक्ष कामकाज भन्दा हिजै उत्तम थियो ॥
राजै राजा देशैभरि नानाथरी छन् आदेश
छि ! छि ! यस्तो लाज भन्दा हिजै उत्तम थियो ॥
०००
सिन्धुली
Subscribe
Login
0 Comments
Oldest







































