साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाश्रममा बा

एक हप्तापछि बाले छोरोलाई फोनबाट आग्रह गरे - बाबू, मलाई सानी नातिनी र एकटुक्रा आँगन तुरुन्त पठाइदे न, यहाँ त समय बिताउन साह्रै गाह्रो पो हुँदोरहेछ ।

Nepal Telecom ad

दीपक लोहनी :

आमा बितेपछि बाको स्यहार गर्न उनीहरूलाई अफ्ठ्यारो भयो । बुहारीले प्रस्ताव गरी – ‘अब बालाई सम्पन्न
वृद्धाश्रममा राखौँ ।
छोरोले निर्णय गर्‍यो – हुन्छ ।

दुवै मिलेर वृद्ध बाबुलाई भने – बा, हामी तपाईंलाई महङ्गो आश्रममा राखिदिन्छौँ । हामीसँग समय नभएर
यहाँ हजुरको स्याहार पुगेन ।

छयासी वर्षिया वृद्धले हुन्छ भन्ने आशयमा निरीह टाउको हल्लाए ।

छोरा/बुहारीले बाको लागि
– राम्रो सिरक/डस्ना छानिदिए ।
– दरिलो लौरी र आँखा अनुरूपको पावरफूल चस्मा किनिदिए ।
– एक्लोपन नहोस् भनी एउटा वर्जिनल रेडियो राखिदिए ।

– सधैँ बिहानै पाठ गर्ने श्रीमद् भागवत गीता र बेलाबेला टिपोट गर्न कापी र कलम हालिदिए । छोरा/बुहारी सम्पन्न थिए ।
– किनिदिए थर्मस, कप र हटब्याग ।
– जुटाइदिए मौसम अनुरूपको लत्ता/कपडा ।
– हालिदिए काजु, दाख, किसमिस र पेस्ता ।
र, राखिदिए गोजीमा सेलफोन र केही पैसाहरू ।
अनि, कार चढाएर लगे वृद्धाश्रम ।

छुट्टिने बेलामा छोरोले बालाई ढोग्दै भन्यो -बा, यो पैसा तिर्नुपर्ने महङ्गो वृद्धाश्रम हो । यहाँ सबै सुविधाहरू पाइन्छन् । तैपनि हजुरलाई केहीको अभाव खड्किए तुरुन्त मलाई भन्न्नु होला, म ल्याइहाल्छु ।

एक हप्तापछि बाले छोरोलाई फोनबाट आग्रह गरे –
बाबू, मलाई सानी नातिनी र एकटुक्रा आँगन तुरुन्त पठाइदे न, यहाँ त समय बिताउन साह्रै गाह्रो पो हुँदोरहेछ ।

०००
कुरिलो घर, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x