साइबर अपराध सम्बन्धी सचेतना सामग्री

याे जाडाेमा नुहाउनै पर्याे ? जानिराख्नाेस् यी तरिका

जल स्मरण स्न्नान: यो उच्चकोटिको स्न्नान हो, यो प्रकारको स्नानमा सिरक भित्र गुटुमुटु भएर पानी सम्झदै स्न्नान गरेको अनुभूति गरिन्छ ।

Nepal Telecom ad

दिन प्रतिदिन चिसो बढ्दै छ र स्नान गर्न कठिन हुँदै छ, यो समस्यालाइ मध्यनजर गरेर स्नान गर्ने केही आधुनिक तरीकाहरू यहाँ प्रस्तुत छ:

१. स्पर्स स्नान: पानीको केही थोपालाई हातमा लिएर आफ्नो शरीरमा छर्कने स्नान ।

२. धारा नमस्कार स्नान: धारालाई टाढैबाट नमस्कार गर्दै स्नान गरेको सम्झने स्न्नान ।

३. जल स्मरण स्न्नान: यो उच्चकोटिको स्न्नान हो, यो प्रकारको स्नानमा सिरकभित्र गुटुमुटु भएर पानी सम्झदै स्न्नान गरेको अनुभूति गरिन्छ ।

४. स्पर्शानूभूति स्नान: यो स्नानमा नुहाएको व्यक्तिलाई छोएर ‘त्वं स्नानम्, मम् स्नानम्’ भन्दा स्नान गरेको मानिन्छ ।

यसको साथै केही आधुनिक तरीकाका स्न्नान पनि छन् । जस्तै:
१. Online Bath: कम्प्यूटरमा गङ्गाको सङ्गमको फोटो डाउनलोड गरेर त्यसमा करीब दस पटक माउसले क्लिक गर्ने र फेसबुक लगायत सामाजिक संजालहरुमा Background Photo लगाउने ।

२. Mirror Bath: ऐना अगाडि उभिएर आफ्नो छायाँलाई हेर्दै एक एक गर्दै पाँच कचौरा जति पानी फ्याँक्ने र हरेक पटक “ओह्हहा” भनेर ठुलो ठुलो स्वरमा कराउने ।

३. Virtual Bath: सूर्यको तर्फ पिठ्यूँ फर्काएर आफ्नो छायाँ माथी पानी खन्याउँदै “हर हर गङ्गे” भनेर कराउने ।

माथि उल्लेखित स्नानको प्रकारहररूमा कसैको सर्वाधिकार नभएकोले बिना पूर्वस्वीकृति सबैले आफ्नो सुबिधा अनुसार निर्धक्क स्नान गर्न सक्ने र यसको लागि कसैलाई पनि रोयल्टी तिर्न नपर्ने जानकारी गरिन्छ. धन्यवाद ।

– सुन्दर खनाल
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x