साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म ठूलो मान्छे

आफैँले प्रायोजन गरेको सम्मान कार्यक्रममा आफैँ सम्मानित भनेको म ठूलो मान्छे । मेरै पसलबाट मेरै गोजीका मान्छेले चन्दा उठाएको पैसाले किनेको खादा ओडेर समाजसेवी भएको म ठूलो मान्छे ।

Nepal Telecom ad

नारायण भट्टराई :

अरुले उचाली दिएर
अग्लो ठाउँमा पुगेको
अरुले लडाइ जितिदिएर
विजयी भएको
म ठूलो मान्छे ।

अरुले कमाएको सम्पत्तिमा राज गरेर
कुबेर बनेको
कुबेर नै कुबेरको कथा
पैसाको कापीमा लेखेर
साहित्यकार भएको
म ठूलो मान्छे ।

आफ्नै नाममा संगठन खोलेर
त्यसको अध्यक्ष बनेको
म ठूलो मान्छे
दौडमा प्रतिस्पर्धीलाई
छिर्के लगाएर लडाइ
विजेता बनेको म ठूलो मान्छे ।
आफैँले प्रायोजन गरेको सम्मान कार्यक्रममा
आफैँ सम्मानित भनेको
म ठूलो मान्छे ।

मेरै पसलबाट
मेरै गोजीका मान्छेले
चन्दा उठाएको पैसाले
किनेको खादा ओडेर
समाजसेवी भएको
म ठूलो मान्छे ।

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x