साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘अपाङ्गता विषयक’ लघुकथाको परिणाम सार्वजनिक

उत्कृष्ट दस लघुकथाकारलाई प्रमाणपत्र र सर्वोत्कृष्ट लघुकथालाई नगदसहित प्रमाणपत्रले विभूषित गरिने जानकारी दिँदै ‘सन्दर्भ’ लघुकथा प्रधान पत्रिकाका प्रधान सम्पादक समेत रहेका अर्का व्यवस्थापक नन्दलाल आचार्य बताउँछन् ।

Nepal Telecom ad

उदयपुर, २०८० पुस ६ । लघुकथा प्रतिष्ठान, नेपालले विश्व अपाङ्ग दिवसको अवसर पारेर मङ्सिर १७ गते ‘अपाङ्गता विषयक’ लघुकथा अभियान सञ्चालन गरेको थियो । उक्त अभियानमा परेका मध्ये एन्जल निलु मिना साहको लघुकथा अपाङ्ग, तुलसी पण्डितको लघुकथा आत्मबल, दिप मंग्रातीको लघुकथा महाअपाङ्ग, नानी भारद्वाजको लघुकथाको दृष्टिकोण, नारायण कोइरालाको लघुकथा बाँच्ने इच्छा, वासुदेव तिमल्सिनाको लघुकथा सोच, विष्णु उप्रेतीको लघुकथा प्रतिबद्धता, रचना शर्माको लघुकथा मन, लता के.सी.को लघुकथा असर, श्रीप्रसाद पोखरेलको लघुकथा फरक क्षमता र सविता भट्टराईको लघुकथा पौरख उत्कृष्ट एघार लघुकथाको सूचीमा परेका छन् ।

अधिकांश लेखकले अपाङ्गता भएका मानिसहरूका पीरमार्कालाई सम्बोधन गरी लघुकथा लेखिएको पाइयो, अभियान निर्णायक सदस्य बिमला झाले प्रतिक्रिया दिएकी छन् । त्यसै गरी अर्का निर्णायक सदस्य रमेन्द्र कोइरालाले यस्ता अभियानले जनचेतना जगाउने काममा कोशेढुङ्गाको काम गरेको प्रतिक्रिया दिए । उक्त अभियानका निर्णायक संयोजक देवेन्द्र मिश्र थिए भने अभियान संयोजक लक्ष्मी रिजाल रहेको कुरा प्रतिष्ठान व्यवस्थापक मनोहर पोखरेलले बताए ।

उत्कृष्ट दस लघुकथाकारलाई प्रमाणपत्र र सर्वोत्कृष्ट लघुकथालाई नगदसहित प्रमाणपत्रले विभूषित गरिने जानकारी दिँदै ‘सन्दर्भ’ लघुकथा प्रधान पत्रिकाका प्रधान सम्पादक समेत रहेका अर्का व्यवस्थापक नन्दलाल आचार्य बताउँछन् – ‘अभियानी सबै लघुकथा समेटी सन्दर्भ पत्रिकामा प्रकाशन हुनेछ । सर्वोत्कृष्ट लघुकथाकारले प्रा.डा. मुकेश कुमार चालिसे र जनककुमारी गजुरेलद्वारा प्रदत्त नगद पुरस्कार समेत पाउने छन् ।’

०००
-लक्ष्मी रिजालद्वारा सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x