नीलहरि काफ्लेपर्दा लगाउँदैछन !!
उस्तै परे त उसले जित्ला चुनाव पक्कै ! डङ्का पिटेर गाउँमा लङ्का जलाउँदैछन् !!

निलहरी काफ्ले :
एकदिन थुनेर तस्कर फेरि फकाउँदैछन् !
शासक बनेर उनले जनता हसाउँदैछन् !!
खादा भिरेर गुण्डा दिन्छन् चुनौति खुल्ला !
भाषण सुनेर झोले ताली बजाउँदैछन् !!
उस्तै परे त उसले जित्ला चुनाव पक्कै !
डङ्का पिटेर गाउँमा लङ्का जलाउँदैछन् !!
यस्तै चलन् म देशको हेरेर हुन्छु आजित !
गर्याैँ निगाह भन्दै दोषी छुटाउँदैछन् !!
खाएर बन्छ भ्रष्टी जेलनेल हुँदैन उसलाई !
किर्ते कुकृत्य माथी पर्दा लगाउँदैछन !!
०००
सिन्धुली, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































