साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य शृङ्खला (५४)

जमानाका गाना न त सहजले गाउन सिकेँ । रमानाका पाना न त कलमले बाहिर झिकेँ ॥ बचेराको चारो अपुग छ सदा पूर्ण ढुकुटी । बनाऊँ भन्दै यो,अझ पनि म गर्दो छटपटी ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

लिई खाली भाँडो, धनधन भनी नित्य म बढी ।
कुदेँ भत्क्यो मेरो तर रहरको सुन्दर गढी ॥
छ आशाको भारी अझ पनिसँगै हे शिव हरे ?
न साथै लैजाने, धन पउल त्यो आखिर भरे ॥ (३३३)

नबल्झाऊँ केही विषय जटिला लाग्छ कहिले ।
सदा खेल्ने गर्छन् तर हृदयमा तर्क जहिले ॥
गुजुल्टेका तृष्णा अझ पनिसँगै छन् विविधता ।
यिनैले पार्दै छन् मगज वशमा दैनिक यता ॥ (३३४)

न नाङ्ने गौँडो यो अभर भरमा ख्याल गरियो ।
न साङ्लो, मायाको सहजसितले पार गरियो ॥
छ दिग्दारी, आफ्नो अविरलपला जीवनसित ।
न साट्ने कोही छन् वितल तलमा पावन हित । (३३५)

कुनै चर्दै हिँड्ने हरिण वनमा,त्यो मन भरी ।
लिँदै त्यस्तै चाला रनवन घुमेँ फुर्फुर गरी ॥
छ व्याधाले ताक्दै अविरल खुँडाले दिन गनी ।
त्यतै कुद्ने गर्दो म किन बिचरो मार्ग नचिनी ॥ (३३६)

गडेका छन् आफ्ना विविध घटना चङ्गुल बनी
सदा फन्को मार्छन् अझ हृदयमा हा! फनफनी ।
जवानीले छाड्दा सिथिल तन बन्दै अब गयो ।
त्यसै झस्क्यो मेरो मनमगज झन् त्रास भरियो । ( ३३७ )

जमानाका गाना न त सहजले गाउन सिकेँ ।
रमानाका पाना न त कलमले बाहिर झिकेँ ॥
बचेराको चारो अपुग छ सदा पूर्ण ढुकुटी ।
बनाऊँ भन्दै यो,अझ पनि म गर्दो छटपटी ॥ (३३८)
क्रमशः)

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x