साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असल संस्कृति

पाटी दिने अघिल्लो दिन सदाभन्दा दुई दिन घन्टा ढिलो पुगें कार्यालय । सबै खुस देखिए । हाकिमले बोलाएर खरिदबिक्री विभागमा सरुवाको पत्र दिए । अ‍ैले बधाईको फोनमाथि फोन रिसिभ गर्नमै व्यस्त छु ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

“एस्तो प्रचण्ड गर्मीमा भुसको जुस पनि घुस नखाने कन्जुस तँजस्तो कुकर्म आचारीलाई भँयो लागेको यमराजको सिपाइले मात्र मन पराउँछ । अनि हाकिमको नजराँ वर्षेनी घटुवाको सिफारिसबाहेक कुनै विकल्प हुन्छ ?”

एकपटक फेरि मेरो ग्रेड कटौती गरिएपछि हाकिम साबको पिएले सात्तो लिँदै हप्कायो – संस्थानको हित गर्न खोज्नेलाई एस्तै पुस्र्कार दिइन्छ, हाकिमलाई खुस पार्ने पर्यास कैल्यै गरे पो ।

अनुहाराँ १२ बजाउँदै घर फर्किँदा श्रीमतीको शुभाशीर्वचन सुन्नुप¥यो – इमानको ठेक्का एसैलाई पर्नुपर्ने । अब इमान धरौटी राखेर बैंकबाट ऋण लिई चलाउला नि घर !

छिमेकीको फोनाँ डाँकेर थुप्रैपटक वरिष्ठ इमानदारको तक्मा विभूषित राष्ट्रिय इमानदारकी पापपत्नी (धर्मपत्नी भन्दा पाप लाग्ने भएकोले एसो भनिएको)ले भनिन् –“तिमी आफ्नो घराँ एउटा पाटी देऊ । तिम्रो बढुवा पक्का । बेलाबेलाँ मलाई फोन गर, तिम्रो ग्रेड बढाउने जिम्मा मेरो ।”

मेरो पक्षमा यत्रोविधि चिन्ता गरेको देख्दा मैले आफैँलाई मूख ठान्न बाध्य भएँ । सप्पको काम छिटछिटो सकिने र आफ्नो प्रगति र मुलुकको भविष्य उज्ज्वल हुने देख्न थालें ।

इमानदारको अघिपछि कोही हुँदैन किनभने इमानदार हुनु भनेको जन्मजात अपराधी हुनु हो । आजको एक्काइसौँ शताब्दीमा पनि निर्लज्जतापूर्वक इमानदार बनिरहनु भनेको सामाजिक बहिस्कारको पीडा भोग्नु हो । समाजबाट एसरी एक्लिँदै गइयो भने भोलि छोराछोरीको बिहेवारी गर्न पनि अप्ठेरो हुनेछ । एस्कारण संस्थानका अन्य कर्मचारीले अपनाएको मूल संस्कृति मैले नि अपनाउने निर्णय गरें ।

दुई दिनपछि चार दिन दिनपछिको पाटीको निम्तो लिएर हाकिमकहाँ पुगिन् पत्नी ।
पाटी दिने अघिल्लो दिन सदाभन्दा दुई दिन घन्टा ढिलो पुगें कार्यालय । सबै खुस देखिए । हाकिमले बोलाएर खरिदबिक्री विभागमा सरुवाको पत्र दिए । अ‍ैले बधाईको फोनमाथि फोन रिसिभ गर्नमै व्यस्त छु ।

०००
राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x