सञ्जय साह मित्रअसल संस्कृति
पाटी दिने अघिल्लो दिन सदाभन्दा दुई दिन घन्टा ढिलो पुगें कार्यालय । सबै खुस देखिए । हाकिमले बोलाएर खरिदबिक्री विभागमा सरुवाको पत्र दिए । अैले बधाईको फोनमाथि फोन रिसिभ गर्नमै व्यस्त छु ।

सञ्जय साह मित्र :
“एस्तो प्रचण्ड गर्मीमा भुसको जुस पनि घुस नखाने कन्जुस तँजस्तो कुकर्म आचारीलाई भँयो लागेको यमराजको सिपाइले मात्र मन पराउँछ । अनि हाकिमको नजराँ वर्षेनी घटुवाको सिफारिसबाहेक कुनै विकल्प हुन्छ ?”
एकपटक फेरि मेरो ग्रेड कटौती गरिएपछि हाकिम साबको पिएले सात्तो लिँदै हप्कायो – संस्थानको हित गर्न खोज्नेलाई एस्तै पुस्र्कार दिइन्छ, हाकिमलाई खुस पार्ने पर्यास कैल्यै गरे पो ।
अनुहाराँ १२ बजाउँदै घर फर्किँदा श्रीमतीको शुभाशीर्वचन सुन्नुप¥यो – इमानको ठेक्का एसैलाई पर्नुपर्ने । अब इमान धरौटी राखेर बैंकबाट ऋण लिई चलाउला नि घर !
छिमेकीको फोनाँ डाँकेर थुप्रैपटक वरिष्ठ इमानदारको तक्मा विभूषित राष्ट्रिय इमानदारकी पापपत्नी (धर्मपत्नी भन्दा पाप लाग्ने भएकोले एसो भनिएको)ले भनिन् –“तिमी आफ्नो घराँ एउटा पाटी देऊ । तिम्रो बढुवा पक्का । बेलाबेलाँ मलाई फोन गर, तिम्रो ग्रेड बढाउने जिम्मा मेरो ।”
मेरो पक्षमा यत्रोविधि चिन्ता गरेको देख्दा मैले आफैँलाई मूख ठान्न बाध्य भएँ । सप्पको काम छिटछिटो सकिने र आफ्नो प्रगति र मुलुकको भविष्य उज्ज्वल हुने देख्न थालें ।
इमानदारको अघिपछि कोही हुँदैन किनभने इमानदार हुनु भनेको जन्मजात अपराधी हुनु हो । आजको एक्काइसौँ शताब्दीमा पनि निर्लज्जतापूर्वक इमानदार बनिरहनु भनेको सामाजिक बहिस्कारको पीडा भोग्नु हो । समाजबाट एसरी एक्लिँदै गइयो भने भोलि छोराछोरीको बिहेवारी गर्न पनि अप्ठेरो हुनेछ । एस्कारण संस्थानका अन्य कर्मचारीले अपनाएको मूल संस्कृति मैले नि अपनाउने निर्णय गरें ।
दुई दिनपछि चार दिन दिनपछिको पाटीको निम्तो लिएर हाकिमकहाँ पुगिन् पत्नी ।
पाटी दिने अघिल्लो दिन सदाभन्दा दुई दिन घन्टा ढिलो पुगें कार्यालय । सबै खुस देखिए । हाकिमले बोलाएर खरिदबिक्री विभागमा सरुवाको पत्र दिए । अैले बधाईको फोनमाथि फोन रिसिभ गर्नमै व्यस्त छु ।
०००
राैतहट
Subscribe
Login
0 Comments
Oldest






































