साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सञ्जालका रङहरू

स्वार्थको भावलाई आदर्शको लेपन लगाएर चाकरीको नियतलाई सिद्धान्त बनाएर मूल्य र मान्यतालाई क्षतविक्षत बनाउदै झूट र मिथ्याका शब्द वर्षाएर ।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती  :

सामाजिक सञ्जालको पाटोमा
मुहारिकाको लोकप्रिय आँठोमा
मनमा सङ्गालेका अनुभूतिका गाँठोमा ॥

कोही भक्तिका माला जप्दै हुन्छन
कोही आक्रोशका भाला घोप्दै हुन्छन्
कोही प्रतिशोधका प्याला पोख्दै हुन्छन् ॥

शिष्टाचारको सीमा भत्काएर
निकृष्टताको पर्दा उतारेर
व्यक्तिगत तिक्तताहरू उजागर गरेर ॥

आक्रमण र प्रत्याक्रमण गर्ने उत्साह भरेर
दिन र छिन नाप्दै शब्दका विन्यासहरू छरेर
कथा व्यथा निराशा अनि मनका अन्तर्भाव पोखेर॥

स्वार्थको भावलाई आदर्शको लेपन लगाएर
चाकरीको नियतलाई सिद्धान्त बनाएर
मूल्य र मान्यतालाई क्षतविक्षत बनाउदै
झूट र मिथ्याका शब्द वर्षाएर
सत्प्रयासमाथि गरेको नाङ्गो प्रहार देखिरहेको छु ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x