साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दर

समय तिजको नाममा निकालिएका गीतले नै जवाफ दिन्छन् । किन हुन्छ अपहेलना ? किन लुटिन्छन् दिदी बहिनीहरू ? किन लागेन नारा अबलाको हकमा ?

Nepal Telecom ad

भोलानाथ सुबेदी :

स्वास्नीको तितो गाली पोइले सहजै पचायो । पचाउनु बाध्यता पनि उसको । लामो बिलको सामान खोज्नमा व्यस्त छे ऊ । सामान्य सोधपुछमा पनि झर्को मान्छे उसले ।

बोली साध्य छैन आज चेलीमाहरूसँग । दर खाएर दरिने दिन हो आज । कोही कुदिरहेछन्, कोही पिरोल्ली रहेछन्, कोही दौडिरहेछन्, कोही फर्किरहेछन् । सबैलाई हतारोमा देखेपछि कसरी मन थाम्न सक्छे उसले । उसको माइत जाने चटारो पसलको गुहे धन्दाले अल्झाइदियो । कसैले दर घरमै हो भनेर सोधे ऊ झट्टी उज्याउँछे । अगाडि पछाडि आआफ्ना बाच्छाबाछी च्यापेर दौडेका छन् आमाहरू । पुलुक्क बाटोतिर नजर लगाउँदै सामान रुजु गर्ने हतारोमा छे ऊ । घरका लक्ष्मीहरू भए भरका गहना पोको पारेर दरका लागि दौडी रहेछन् रिले दौड । सिँगारिनु पर्ने छ भोलि । को भन्दा को कम राताम्य छ सडक एउटा विजयोत्सव जस्तो । बजारमा मान्छेको खचाखच र तँछाडमछाड । चप्पलदेखि चुरासम्म आफूदेखि भुरासम्म सबै चट्ट पर्नु नै छ । खुट्टो हाल्ने ठाउँ छैन कतै । बसमा चढ्नेहरूले खलासीको करकर सुन्ने कि दरले ढाडिएकाहरूको बकबक । वाक्कै लाग्दो यात्रा तपाईंले नि भोग्नु भएकै होला यो अवधिमा । पठाओ हो कि पु-याओको मनोमानी कमाउने जोग जुरेको छ । पुच्छर घरे अन्तरेको छोरो यसै असारमा घरजम गरेकी मामाकी छोरीलाई लोकेशन बताउँदै चोकमा मुर्मुरी रहेको छ । च्याउ कान्छाकी छोरीले आफ्नो देवरलाई पनि सँगै ल्याएको थाहा पाएर उसको भदा घोसे मुन्टो लगाइ अगेनोको डिल भत्काउँदै छ । माथ्लो घरमा चर्को आवाजमा टोलै थर्काएर नाचेका दिदीहरू देखेर भोकभोकै रोइरहेका केटाकेटी पनि रुन्चे नाच नाचिरहेका छन् । यो बेला अत्तरले मगमगाएका छन् कोठा र चोटाहरू । दरको डकार तल माथि दुवैतिरबाट छोड्दै निम्तालु बन्न सवारी छन् नारीसँगै नरहरू ।

सबै दृश्यहरू आँखाले कैद गरी रहेकी छे उसले । घरी चिनी घरी साबुन, बिस्कुट, पिठो, चामल जोख्दा जोग्दै आजित भइसकेकी छे ऊ । पोइले मोबाइल माग्यो ऊ रन्की । पसलमा घुइँचो उकुसमुकुस थियो । तेरो ठाडो तै राख् । मोबाइल झट्टी हानेर ऊ दौडी रिसको रन्कोमा । रिस स्वभाविक ठान्यो पोइले । नबोल्नु नै बेस ठानेर ऊ मौन रह्यो ।

पर्वको चर्चाले पिरोल्छ कतिलाई । पसलको भित्तामा टाँसेको मूल्य सूचीको पर्चाले पिरोल्छ मन । बजारमा सामान छोइसक्नु छैन । घरमा चेलीबेटी नबोलाए पुस्तौसम्म गुनासो सुन्न पर्छ । दिदी, फुपू भिनाजु, भान्जाभान्जी यसका उसका त्यसका सबैका नाता बटुल्दा एक दुई महिनाको रासन खर्च उम्कन्छ । कोही यसै भन्दै थियो भिडमा ।

एक महिना अघिदेखि दरिने चलन छ सहरमा । नारीवादी संस्कार विकृत हुँदैछ । चेतनासँगै अचेत बनेको छ व्यवहार । कतै दमन कतै सम्मान । कोही भोकमा गजो भर्लान्, कोही भोकभोकै पर्लान्, कोही तङ्ग्रिने कोही खङ्ग्रिने पर्व हो दर पर्व । ससुरालीमा पुगेर सुकुलमा बसी सुकुटी तान्दै तीजको शुभकामना प्रदान गर्ने ज्वाईं होस् वा बुहारीका माइत जाने सासू लाजको पसारोका उम्दा उदाहरण हुन् । दरमा बिना डर कोही सुतेर, कोही उठेर, कोही शौचालय धाउँदै, कोही जागिर पकाउँदै, कोही कोसेली किन्न हात कमाउँदै जिउ फुकाएर ज्यान उछिट्याएर आमाशय भर्न उद्धत छन् । पतिको दीर्घायु परिवारको सुख राम्रो पति पाउने कामना ।

खानाका अनेकौं परिकारमा पौडेर सन्चो बिगार्दै छन् कति । दर खानाका परिकारको चौरासी व्यञ्जन प्रदर्शन हुने पाक केन्द्र पनि । सबैका सामु वरिपरि घेराफेरा लगाएर खाँदाको इज्जत र फुर्ती कहाँ हो कहाँ ।

यो दिन महिला स्वतन्त्रता दिवसजस्तो लाग्छ मलाई । कुनै बन्देज रोकावट नभएको दिन । भगवानका पालादेखि मानी आएको पर्व यो । भगवान शिवको आराधना गर्न लगाएको हुनाले तपाईं, हामी सबैको दुःख सुख साट्ने उत्सव पनि यो । भक्तहरूले भरिभराउछन् शिवालयहरू । तीज न हो कसले छोड्ने ? किन छोड्ने ? महिलाहरूले पुरूषको दमनलाई सिर्जना मार्फत उछितो काड्ने दिनका लागि खाँदै छन् तर सहितको दर । आजको जमानामा सत्तो सराप गर्ने चलन सुधारिएर चेतना फैलाउने, विकृति विसङ्गतिको पर्दाफास गर्ने, संस्कार पनि लैबरीसँगै विकास भएको पाइन्छ ।

सत्तोसराप पनि छ कतै पुरुषको सासूको नन्दको देवरको । आफूलाई बिर्सेर सासू भएको, बुहारी भएको आमा भएको गाली गर्छन् आफैलाई ।कहिले सङग्लो हुन्छ मन र सुध्रिन्छ व्यवहार । भान्सेले पकाएको भात स्यालचारो पारेर कार्यालयमा समानताको कुरा उकाली रहेछन् कति । चिल्लो खाएर चिप्ला कुरा गर्नेले चेलीहरूलाई चिप्ल्याउँछन् । कतिलाई समभाव र समसत्ताको लागि कम्मर हल्लाई हल्लाई नाच्ने रहर छ । खर्चिलो तीजको दर सहरका चेलीहरूको ढर्राको कारण महँगीले किल्किले समाएको छ । रुपैयाँको अवमूल्यन दिनका दिन। सडक पेटीमा पसल राखेर पेट भर्नेको बाक्लो जमात छ । सहरमा त्यही पेशाले बाँच्न हम्मेहम्मे पनि । के हो तीज ? के हो दरपर्व ? सडकमा अनौठो मेला चलिरहन्छ दिनै आफ्ना भाषामा आफ्नै लबजमा मग्न छ दुनिया, मग्न छन् देवालय । चुराका कुरा हातभरि हरिया राता नीला पँहेलाले हातै फतक्क गल्यो । अनौठो गतिले चलेको देखिन्छ समय । शिरदेखि पाउसम्म सोह्र श्रृङ्गारले छपक्कै छ आधा आकाश । कटकट खायो हातखुट्टा ढाड अररियो । दिनभरिको निराहारले । सुनका कुरा चोलीका कुरा रातामै छन् शिवालयहरू । टेलिभिजन रेडियोमा प्रत्यक्ष प्रसारण दिनभर । महिला स्वतन्त्रता दिवस आज किन आफूलाई बोक्सी बनाएर मार्छ समाजले ? किन बलात्कार हुन्छ ? दिनदिनै हिंसा बढ्दो छ किन ? खोजी छैन खासै । निरीह चेतना जस्तो अभ्यस्त व्यवहार जस्तो ।

वर्षेनी फरकफरक ढर्रामा मनाइन्छ तीज । शैली फरक पर्दा हुने खाने र हुँदा खानेको चेपमा रगडिएको छ तीजको अस्तित्व । महंगा होटल रिसोर्टमा विभिन्न क्लव, सहकारी, आमा समूह, छोरी बुहारी समूह, बौद्धिक मञ्च सबैले खान्छन् र खुवाउँछन् दर । दर सँगै खोसिन्छ तीजको संस्कार मान्यता र मूल्य । छाडा संस्कार मौलाएर आयो । हिन्दी गीत, र्‍याप, डिस्कोमा ज्यान दुखाइ रहेछन् नृत्याङ्गनाहरू । हजुर आमा र आमाहरूले जोगाएको परम्परा छोरी र बुहारीहरूले माटो मै मिलाए भन्ने गर्दछन् कति । यसको उदाहरण पछिल्लो समय तिजको नाममा निकालिएका गीतले नै जवाफ दिन्छन् । किन हुन्छ अपहेलना ? किन लुटिन्छन् दिदी बहिनीहरू ? किन लागेन नारा अबलाको हकमा ? यी सबै प्रश्नको जवाफ पाए मात्र दर खाएको सार्थक हुन्थ्यो कि ?

०००
काठमाडौं
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
भोट माग्न आउनेहरू

भोट माग्न आउनेहरू

भोलानाथ सुबेदी
हाम्रो लौरो खै ?

हाम्रो लौरो खै ?

भोलानाथ सुबेदी
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x