साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाथे जिन्दगी !

ए जिन्दगी ! संसार हल्लाउँदै थर्काउँदै यो मात्रै होइन अर्को धर्ती पनि जित्ने ख्वाब खै दिन गन्न मातरै? आखिर एकमुठी सास कन्न । नाथे जिन्दगी ।

Nepal Telecom ad

हेम अधिकारी :

खुबै घमण्ड गर्थिस्
के के न गर्छु भन्थिस्
यो त्यो, यता त्यता, उता, कता कता
के के न लछारेँ भन्थिस्
नापिछस्

एउटा घर नामको क्वान्द्रोभित्र
कुकुल्ढुक नाथे जिन्दगी !
कत्रा गफ! कत्रा कुरा !
ह्याँ र त्याँ उफ् !
सोह्र अठार घण्टा खटेको ध्वाँस पिट्थिस्
यति कमाएँ, उति कमाएँ
यत्रो पद, उत्रो पद
कति कति प्रतिष्ठा सम्मान,
पगरी र पुरस्कारका हण्डा
अनेक जितका नानाथरीका फण्डा
खालै सारिछस् !

दिउसो कमाइस्
राति झन् कमाइस्
कता कता पनि थमाइस्
जसरी पनि कमाउनमै रमाइस् ।
कालोधन, सेतो, पहेँलो, निलो हरियो धन्
खै कस्तो धन थुपार्ने मन

आखिर
एउटा कृत्रिम कोठरीको भरोसामा कैदी,
लुखुरे, इस्
नाथे जिन्दगी !

शिक्षाको रवाफ
हसुरेको कवाफका गफ
संसार जित्ने मात लागेका हाँक
लुरुक्क भर पर्ने त आखिर त्यही रहेछ छाक ।
गाई, भैँसी, पानी, पँधेरोभन्दा
घरगोठ, लेकबेँसी, हलोकोदालोभन्दा
उच्चता प्राप्तिको फुईँ
यी सबै देखियो आज ताईँ न तुईँ
डङ्ग्रङ्ग, थामिईस् भुईँ लछारिस्
नाथे जिन्दगी !

ए जिन्दगी !
संसार हल्लाउँदै थर्काउँदै
यो मात्रै होइन
अर्को धर्ती पनि जित्ने ख्वाब खै दिन गन्न मातरै?
आखिर एकमुठी सास कन्न ।
नाथे जिन्दगी ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x