नीलहरि काफ्लेशिव शंकर भोला जे जे होला होला
बैँश खन्याए प्रवाह हटाई भए उन्मत्त भविष्य घटाई धेरथोर सिको तिम्रै गरेछन् जालन्धर सबै यै देशमा झरेछन् शिव शंकर भोला जे जे होला होला कुरिती संस्कार डाँडा कटाऊ! संस्कृति धर्म आफैँले रट्टाऊ !!

निलहरि काफ्ले :
सच्चा हृदय बिलाएर गए
ईज्जत माटोमा मिलाएर गए
घोप्टे उभिन्डे राजनेता भए
काले कुभिण्डे झन् सेता भए
हेरौँ अचाक्ली सहूँ कसरी ?
लैजाउ त्यतै भगवान जसरी
शिव शंकर भोला जे जे होला होला
कहिले कसो त ईशारा बताऊ!
दुःखी दरिद्री गरीबी हटाऊ !!
प्रभुको लिला अपरम्पार
दैत्य आशनमा आए बारम्बार
दाह्रा देखाए रगतै चुसेर
निले गरिबको पसिना मुछेर
डकार तिनलाई कहिल्यै आएन
कति पचाए चालै पाइएन
मुस्लो खन्याए गाउँमा शहरमा
जीवन जलाए रहरै रहरमा
शिव शंकर भोला जे जे होला होला
कति नियाल्छौ सिपाही खटाऊ !
यी दैत्य सबलाई नर्कमा पठाऊ!!
यौवना तिम्रै सिको मा लागेछन्
यूवा गँजडी नशामा जागेछन्
नाङ्गा भुतुङ्गा खोलामा बाटामा
रति रमिता दिनमा रातमा
बैँश खन्याए प्रवाह हटाई
भए उन्मत्त भविष्य घटाई
धेरथोर सिको तिम्रै गरेछन्
जालन्धर सबै यै देशमा झरेछन्
शिव शंकर भोला जे जे होला होला
कुरिती संस्कार डाँडा कटाऊ!
संस्कृति धर्म आफैँले रट्टाऊ !!
मूर्ति भएर भो अब नहेर
भबिस्य सबैको गैसक्यो खेर
कुचो लगाऊ बढार कसिंगर
आहारा बनाऊ आफैं छौ अजिंगर
देवका देव तिमी हौ मानेर
यत्ति बताएँ सुन्दछौ ठानेर
शिव शंकर भोला जे जे होला होला
भक्तको बिलौना सुनेर आऊ!
दुष्ट र भ्रष्टलाई थुनेर जाऊ !!
०००
सिन्धुली, हाल काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest








































