साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवन थिङलाई भनेर

फूर्वा पनि अचेल अवकाशप्राप्त सिलगडीमा बस्छ श्रीलालको म पनाती छोराहरूलाई लागू पदार्थ र रक्सीसँग साटेर अहिले बिहामा, मराउमा, मेलापातमा व्यस्त छु अहिले मलाई सञ्चै छ ।

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

जीवन !
तिमी भन्थ्यौ मलाई रातको पनि अनिकाल छ
म भन्छु मलाई दिनको पनि अनिकाल छ
घरमा स्वास्नी बिमारी राखेर
छिमेकीका छोराको बिहे खान
मेरो दायित्व बनेको छ ।
मराउमा, पुराणमा, भर अभरमा
हो जीवन !
हाम्रो उपस्थिति महत्वपूर्ण हुँदैछ
आशावादी हुनुपर्छ जीवन
नभए डोरीको खपत धेरै हुनजान्छ ।

तिमीले छोडेको त्यो देशमा
हामी अलिकति मात्रै बाँचेका छौँ
ग्यान्छे अस्ट्रेलिया बस्छ
उतै काम गर्छ
फूर्वा पनि अचेल अवकाशप्राप्त
सिलगडीमा बस्छ
श्रीलालको म पनाती
छोराहरूलाई लागू पदार्थ
र रक्सीसँग साटेर
अहिले बिहामा, मराउमा,
मेलापातमा व्यस्त छु
अहिले मलाई सञ्चै छ ।
थिरुप्रसाद नेपाल चोर्छु ल
जीवन !
मलाई त सञ्चै छ
ज्यानलाई कस्तो छ ।

०००
रिनाक बजार, सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विभाजन

विभाजन

डिल्लीप्रसाद अधिकारी
भावना

भावना

डिल्लीप्रसाद अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
सूचना

सूचना

डिल्लीप्रसाद अधिकारी
चरित्र

चरित्र

डिल्लीप्रसाद अधिकारी
मूलखाँबो (२)

मूलखाँबो (२)

डिल्लीप्रसाद अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x