डिल्लीप्रसाद अधिकारीमूलखाँबो (२)
समाज यसरी वस्तुवादी हुँदै गएकामा, मानिसमा अहङ्कार र अभिमान बढेकोमा चिन्तित छ पनि कसरी भनौँ ? समाज व्यक्तिमा परिणत भएपछि सामाजिकता नै बेपत्ता छ।

डिल्लीप्रसाद अधिकारी :
मूलखाँबो आमाको मृत्युपछि धुरी भुइँमा झर्यो । तर त्यस घरमा पिता नाम गरेका वस्तु पनि थिए जो अब उल्लेखनीय नै छन्- भनूँ न । आमाको किरिया गर्नलाई धुरीले क्रान्तिकारी पदक्षेप लियो र अर्कै विधिले गर्ने भयो । पितालाई यो पटक्कै मन परेन तर धुरीका डरले यो त्यसरी नै भयो । धुरी र उसका सहोदरका सजिलाका लागि ! अनि समाजले पितालाई अक्कडो पनि भने किनभने धुरीले पनि यसै भन्यो ।
समाज अहिले आएर वस्तुवादी बनेको परिस्थिति यो कथाकारले भनिरहनु परोइन । पिता जो धुरी हुनुपर्ने, उनी त कुँजिएका छन् । अबको परिस्थिति, आउने दिनहरू साच्चै नै बिगिँ्रदै गएको भुँइमा खसेको धुरीले देखेपनि ऊ त्यसलाई व्यक्त गर्न सक्दैन । अभिमानले हो वा अहङ्कारले यो यसै भन्न सकिएन ।
समाज यसरी वस्तुवादी हुँदै गएकामा, मानिसमा अहङ्कार र अभिमान बढेकोमा चिन्तित छ पनि कसरी भनौँ ? समाज व्यक्तिमा परिणत भएपछि सामाजिकता नै बेपत्ता छ। अबभने मूलखाँबाको कथा र धुरिको चरित्र एकै एकै हुँदै जाला । हेरौँ न ।
०००
रिणाक, सिक्किम
Subscribe
Login
0 Comments
Oldest







































