डिल्लीप्रसाद अधिकारीविभाजन
सभ्यताको यो होडमा हामीले ऐँचो- पैँचो बिर्सेका छौँ हामीले मेला पर्म बिर्सेका छौँ हाम्रोमा विभाजनको श्रीगणेश जसै उसले गर्यो हामी बिस्तारै टुक्राटुक्रा बन्यौँ ।
डिल्लीप्रसाद अधिकारी :
छुट्टिनुको आर्तनाद
मेरो ढुकढुकी सुन्दा थाहा हुन्छ
पुराना स्थापना ध्वस्त पारेर
कोही किन बिथोल्न चाहन्छ अझै
हाम्रो जोडिन थालेको समाजलाई ॥
खुकुरीको धारमा हिंसा दलेर
को हो यो दुष्कर्मी
कि टुक्राटुक्रा पारेर फेरि
टुक्र्याउने हाम्रो एकतालाई
वस्तुतः हाम्रो एकता
भर्खर टुसाउन लागेको छ ॥
सभ्यताको यो होडमा
हामीले ऐँचो- पैँचो बिर्सेका छौँ
हामीले मेला पर्म बिर्सेका छौँ
हाम्रोमा विभाजनको श्रीगणेश
जसै उसले गर्यो
हामी बिस्तारै टुक्राटुक्रा बन्यौँ ।
जब हामीलाई चोइटिनु हुन्न भन्ने ज्ञान भयो
उसको सत्ता ढल्यो
तर पनि अझै हामी त्यही युग
फर्काउने मोहमा छौँ
विभाजनको हलाहल कति हिंस्रक छ
छुट्टिनुको आर्तनाद थाहा पाउन
मेरो ढुकढुकी सुने हुन्छ ॥
०००
रिणाक, सिक्किम
Subscribe
Login
0 Comments
Oldest





































