साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभाजन

सभ्यताको यो होडमा हामीले ऐँचो- पैँचो बिर्सेका छौँ हामीले मेला पर्म बिर्सेका छौँ हाम्रोमा विभाजनको श्रीगणेश जसै उसले गर्‍यो हामी बिस्तारै टुक्राटुक्रा बन्यौँ ।

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

छुट्टिनुको आर्तनाद
मेरो ढुकढुकी सुन्दा थाहा हुन्छ
पुराना स्थापना ध्वस्त पारेर
कोही किन बिथोल्न चाहन्छ अझै
हाम्रो जोडिन थालेको समाजलाई ॥

खुकुरीको धारमा हिंसा दलेर
को हो यो दुष्कर्मी
कि टुक्राटुक्रा पारेर फेरि
टुक्र्याउने हाम्रो एकतालाई
वस्तुतः हाम्रो एकता
भर्खर टुसाउन लागेको छ ॥

सभ्यताको यो होडमा
हामीले ऐँचो- पैँचो बिर्सेका छौँ
हामीले मेला पर्म बिर्सेका छौँ
हाम्रोमा विभाजनको श्रीगणेश
जसै उसले गर्‍यो
हामी बिस्तारै टुक्राटुक्रा बन्यौँ ।

जब हामीलाई चोइटिनु हुन्न भन्ने ज्ञान भयो
उसको सत्ता ढल्यो
तर पनि अझै हामी त्यही युग
फर्काउने मोहमा छौँ
विभाजनको हलाहल कति हिंस्रक छ
छुट्टिनुको आर्तनाद थाहा पाउन
मेरो ढुकढुकी सुने हुन्छ ॥

०००
रिणाक, सिक्किम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जीवन थिङलाई भनेर

जीवन थिङलाई भनेर

डिल्लीप्रसाद अधिकारी
भावना

भावना

डिल्लीप्रसाद अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
सूचना

सूचना

डिल्लीप्रसाद अधिकारी
चरित्र

चरित्र

डिल्लीप्रसाद अधिकारी
मूलखाँबो (२)

मूलखाँबो (२)

डिल्लीप्रसाद अधिकारी
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x