कृष्ण शर्मा सुमुमान्छेले के खाँदैन ?
कमिशनमा पाए चिया बगानको मालिकसित मिलेर ५०% को बनोस् खान्छ खाएर पचाउन नसकेपछि राजनीतिको रोटी सेक्न फेरि श्रमिक लिएर हडताल बसेर फेरि आएको २०% बनोसमा नाफा खान्छ ।

कृष्ण शर्मा सुमु :
हिजो अचम्म लाग्यो । बाटोमा जाँदै थिए एउटा ठिटो सुन हराएको जस्तो झार पल्टाई पल्टाई खै ! के खोज्दै थियो । छेउमा गएर हेर्न मन लाग्यो । उसको देब्रे हातमा प्लास्टिकको थैलो थियो । थैलोभित्र हेरे चिप्ले किरा थियो । मैले सोचे कुनै दवाईको लागि वा ठिटो चिप्ले किरासित खेल्नुको लागि भेला गरे होला उमेर हो अलिअलि बालपन आउँछ । मैले पनि सानोमा माछाको बच्चा भनेर चेपेगेडा खाएको छु । त्यो दिन देखि मलाई माछा खानु मन पर्ने छोड्यो । म निकै बेर उभिएर त्यही ठिटोको काम हेरिरहे । मलाई मनमा प्रश्न आयो । आखिर यसले यत्रो गर्मीमा किन चिप्ले किरा खोजेको होला ? सायद मेरो मनको भ्रम तोड्नु प्रश्न गरे । भाइ यो चिप्ले किरा किन खोजेको …..मतिर पुलुक्क हेरेर भन्यो पकाएर खानु’
मेरो मुखबाट अचानक छि… भनिपठाए । त्यो ठिटोले कालो अनुहार पनि रातो पारेर हेरिरह्यो । तर एक शब्द मुखबाट निकालेन ।
मलाई त्यहाँ बस्न ईच्छा भएन । चिप्ले किरा पनि खाँदोरहेछन् ।
म प्रायः नै चुनाव ड्युटीमा घुम्छु।यसरी घुम्नु रहर नभए पनि बाध्यता । बाध्यताले मानवलाई जे पनि गराउँछ । सायद कसैलाई कुनै प्राणीको हत्या गर्नु रहर हुँदैन बाध्यता अनि उसको कर्मले जे पनि गराउँछ ।
जे होस नागाल्याण्ड, डिमापुर यसरी घुम्दै पुगेको थिए । अचम्म त तब परे त्यहाँ कुकुर र बिरालोको मासु खुब चल्दोरहेछ । तपाईं पनि यो सुनेर छक्क पर्नु भयो होला ।
खसीको मासु जस्तै झुण्डाएर राखेको हुँदोरहेछ । कुकुरको मासु भन्दा धेरै बिरालोको मासुको दाम पर्दोरहेछ । हाम्रोतिरको हाट बजारमा जसरी खसी बाख्रा बिक्री हुन्छ त्यसरी नै बजारभरि पाइँदोरहेछ । कुकुरलाई बोराभित्र हालेर मुख मात्रै बाहिर निकालेको हुँदोरहेछ । जुन कुकुरले जिब्रो धेरै बाहिर निकाल्छ त्यसको दाम धेरै रहेछ । निधाउँरो कुकुर वा आँखा बन्द गरेको कुकुरको दाम कम्ती हुँदोरहेछ । बिरालोको दाम धेरै बजारमा कम्ती पाइने रहेछ । बिरालोको खुट्टा बाँधेर बिक्री गर्दोरहेछन ।
जे होस नयाँ शहरमा नयाँ कुरा देख्दा को पो अचम्म हुँदैन र ? मलाई त्यस समय त्यो दृश्य एकदमै रोचक भएको थियो ।
बाहिर घुम्दा प्रायः नै होटलको खानामा निर्भर पर्नु पर्छ । एकदिन हामी दुई भाइ खाना खानु एउटा होटलमा पस्यौँ । भाषा जीवनमा सबै भन्दा जटिल कुरा हो । हामीले हिन्दीमा कुरा गरेर खाना माग्यौँ । त्यहाँ हिन्दी बुझ्ने कोही थिएनन् । छेउको होटलबाट एक जाना हिन्दी भाषा अलि अलि जान्ने लिएर होटल मालिक आयो । हामीलाई बल्ल अलिक ढुक्क भयो । खाना माग्यौँ । साथीले मासु खाने कुरा गर्यो । त्यहीँ हिन्दी बुझ्ने आयो छेउमा मासुमा के के छ भन्यो । त्यो केटोले मैनुकार्ड दियो फेरि भाषा समस्या भयो । कुन भाषामा लेखेको थियो थियो । उसले हेरेर भन्यो क्या चीज मिलेगा ? सर मैडक(भ्यागुता) रेट(चुहा) के के भन्दै थियो । मेरो मुखमा पसेको गाँस बाहिर आयो । मैले खाना खानु सकिनँ । चुपचाप दुवै भाइ खाना छोडेर उठ्यौँ । बिल मागेर सादा खानाको रकम दिएर हामी मासु राखेको भाडा हेर्नू गयौँ । एउटा थालमा साँपको फ्राई थियो । एउटा थालमा खुम्ले किरा थियो । भ्यागुतालाई चुल्हाको माथि सेकुवा जस्तै झुण्डाएको थियो ।
दुई भाइले प्रथम चोटि यस्तो खाना देख्दा अचम्म लागे पनि स्थानीय त्यहाँका मानिसहरूले मिठो मान्दै खाँदै थिए ।
अब यता मेरो घटनाहरू थिए । के खाने के नखाने भनेर चर्चा गर्नु पनि साह्रो छ । मैले नखानु भनेर भन्दा कसैले मान्छ त । मैले खानु भन्दा कसैले खान्छ त ? यस्तै कुराहरू अब तलतिर बात गरौँ नै है ।
हामीले हाम्रो देशमा धेरै कुरा देखेका छौँ । हरियो साग सब्जी, दूध दही पनिर, खानु हुनेको लागि विभिन्न माछा मासु जे होस इच्छा हुँदा जे पनि खाँदा मिल्ने रहेछ ।
अब दले काका अस्ति भवन निर्माण विभाग गएको रे
भवन विभागमा प्राइमरी स्कुल बनाउनु आएको पैसा सहित भवन पनि खाएछ भन्दै गाउँ आइपुगे । छक्क परे कसरी भतिजो डल्लै भवन नै सास नलिई चुपचाप गाउँका दुइतीनवटा ठूलो टाउकोले खातामा मात्रै भवन बनाएछ । अरु त अरु स्कुल कलेज केही छोड्नु आटेन खानेले सबै खाएछ । कम से कम अलिकति त स्कुलमा दिनु पर्ने थिएन ?
शिलान्यास तीनचोटी भइसकेको यो बाटो तीनतीन पल्ट खायो । अलकत्र, ढुङ्गा, बालुवा सबै खायो । कसरी पचाउनु सकेको भन्दै दले काका हिँडे । म छक्क परेँ मान्छेले दाल भात खान्छ होइन र ? यो ठाउँमा बिल्ङिग खान्छ, पुल खान्छ बाटो खान्छ, खानु पाए विकासको लागि आएको बजेट चुपचाप खान्छ ।
फोकटमा पायो भने त झिँगाको बोसो खान्छ । स्कुलमा आएको चामल, तेल, अण्डा सबै सबै खान्छ । कमिशनमा पाए चिया बगानको मालिकसित मिलेर ५०% को बनोस् खान्छ खाएर पचाउन नसकेपछि राजनीतिको रोटी सेक्न फेरि श्रमिक लिएर हडताल बसेर फेरि आएको २०% बनोसमा नाफा खान्छ ।
यसो बसेर सोच्छु मान्छेले खाने कुरा खान्छ खान्छ । घुस खान्छ, कमिशन खान्छ, संसारमा पाएको सबै कुरा नै खान्छ । माटो, ढुङ्गा, रड, सिमेन्ट सरकारबाट पाएको सबै खान्छ ।
यो खाने कुरा पनि खानु जान्नुपर्छ । नभए त माछाको काँडा अडेको जस्तो ननिल्नु हुन्छ न खानु मिल्छ ।
०००
सिलगढी
Subscribe
Login
0 Comments
Oldest







































