साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कन्तबिजोक भयो

चिल्लो घसिदिँदा आफ्नै प्रभावमा बसिदिने मन परेको बेला सित्तैमा खसी दिने मान्छेको अनुहार भएका मुर्गा कहिँ भेटिएन पेसा गत हितको रक्षार्थ राजनीति गर्न चम्चाहरूको सङ्गठन खोजेँ

Nepal Telecom ad

नारायण भट्टराई :

यो अमेरिका आए पछि मेरो कन्तबिजोक भयो
वर्षाैँ लगाएर सिकेको एउटै सीप –
चम्चागिरी- मेरो गरिखाने भाँडो
प्रयोग गर्ने अवसर नै नपाई पत्रु भएर गयो
यो अमेरिका आएपछि साँचिक्कै मेरो कन्तबिजोक भयो
सबै आफैं खाँदा रहेछन् यहाँ
कसैलाई चम्चा चाहिँदै नचाहिने
चम्चाको बाटो हेरेर कोही बस्दा रहेनछन् यहाँ
आफ्ना आफ्ना काममै व्यस्त
कसैको हातमा लुसुक्क छिर्नै नपाइने ।

चम्चागिरीमा सफल हुन अरुको कुरा काट्नु पर्ने
मान्छेलाई हेरेको हेरेकै पार्ने गरी गफका बिटा छाँट्नु पर्ने
चाकडी र चाप्लुसीका गुलिया कुरा
मेरो धनुष्टङ्कार मुखाकृति भित्र आँट्नु पर्ने
अनि मलाई मान्छेहरूले चाट्नु पर्ने
आत्मरतिको गुलियो चम्चा मुखमा हुलेपछि
मान्छेहरु लट्ठिएर विवेक प्रयोग गर्न भुलेपछि
मेरो मोहनीले छुन्थ्यो
अनि बल्ल मेरो पनि काम हुन्थ्यो
तर यहाँ त हाकिम पनि ट्वाइलेट सफा गर्ने
लुरु लुरु काम गर्ने कुरा छिरिक्क नगर्ने
कुर्सीलाई नियमको काँडेतारले घेर्ने
कुर्सी मुनि फुटेका आँखाले पनि नहेर्ने ।

हाकिम सबै उल्टा यहाँ,
सधैँ त्यही स्याण्डविच खाने मुख कहिलै फेर्दै नफेर्ने
मिठा कुरा ख्वाउने चम्चा तर्फ कहिलै हेर्दै नहेर्ने
माल पर्ने अड्डामा सरुवा पाउन
हाकिमलाई कोसेली ल्याउँदै नल्याउने
कार्यालयको काम छोडेर कुराका ओथारा बस्न
कोही भ्याउँदै नभ्याउने ।
त्यसैले मेरो सीप कवाडी भएर गयो
अमेरिका आए पछि मेरो कन्तबिजोक भयो ।

पैसा बोटमा फल्छ भनेको सुनेको थिएँ मैले यहाँ
तर दाम फल्ने रूख कहीं भेटिएन
अरुको जीउमा चिल्लो घसेर
आफ्नो काम बनाउने लत
केही गरी मेटिएन
चिल्लो घसिदिँदा आफ्नै प्रभावमा बसिदिने
मन परेको बेला सित्तैमा खसी दिने
मान्छेको अनुहार भएका मुर्गा कहिँ भेटिएन
पेसा गत हितको रक्षार्थ राजनीति गर्न
चम्चाहरूको सङ्गठन खोजेँ
आफ्नो स्वार्थको निम्ति कामदारलाई
बोक्ने पार्टी कहीँ देखिएन ।

यो अमेरिका आए पछि मेरो कन्तबिजोक भयो
वर्षाैँ लगाएर सिकेको एउटै सीप –
चम्चागिरी- मेरो गरिखाने भाँडो
प्रयोग गर्ने अवसर नै नपाई पत्रु भएर गयो ।

०००
इलाम, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x