साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चरित्र

एउटी नारीलाई थप्पड हानेको अपराधमा मलाई पुलिसले हिरासतमा लिए । मेरो कुरा कसैले नसुन्नु स्वाभाविक नै हो । किनभने मैले एक महिलालाई अचानकै झापड हानेको थिएँ ।

Nepal Telecom ad

डिल्लीप्रसाद अधिकारी :

गान्धी बजारमा अचानक, डुल्दै गरेको मलाई, कसैले पछाडिबाट कठालोमा पक्रेर झल्ट्याङ-झुल्टुङ् पारेपछि मैले पनि पछाडि फर्केर तत्क्षण उसलाई रन्फनिने गरि झापड हाने
अनि मात्रै वस्तु स्थितिमा दृष्टि घुमाउँदा थाहा पाएँ ऊ त अपरिचित कुनै स्त्री थिई ।

“किन मलाई सासूलाई मानसिक यातना दिने भनेर लेखिस् हँ ?- “तलाईं के थाहा छ म सासूलाई कति माया गर्छु भनेर ?” रिसले काम्दै उसले यसो भनेपछि म छक्क परेँ ।
“म तपाईंलाई चिन्दै चिन्दिन भने म तपाईँबारे त्यस्तो कुरा कसरी भन्छु होला, अनि किन ?”- भन्दै थिएँ, भीड जम्मा भइहाल्यो ।
“भनेको होइन । तैँले त लेखेको पो छ त ।”
“कुनै कथामा वा कुनै कवितामा ?“ सोधेँ एउटा लेखक हुनुको हैसियतमा ।

“अँ, मेरो विषयमा फेसबुकमा, ह्वाट्स्एपमा त्यस्तो लेख्ने हो ?”- भन्दै मतिर झम्टिएकी उसलाई अहिले भने भीडका केही महिलाले तानेकाले म बाँचेँ ।
“बहिनी ! तिमीलाई मैले दोष्याएको होइन । त्यो त कथा पो त”- र अझै भनेँ – “मैले कथा लेखेको हूँ । अब त्यो तिमीसँग, तिम्रो जीवनसँग, तिम्रो प्रवृत्तिसँग त्यो मिल्नु त खालि एउटा संयोग मात्रै हो ।”
ऊ कड्की “थाहा छ मलाई पनि, साहित्य समाजको दर्पण हो । अनि त्यसरी मलाई लेख्ने ?”

अझै पनि म नम्र नै थिएँ र भने- “कि त्यसो भए मेरो त्यो रचनाको पात्र तिमी नै हौ ? त्यो नकारात्मक प्रवृत्ति भएका समाजमा अरु छैनन् त ? अनि त्यसो भए तिमीले पनि सासूलाई मानसिक यातना दिने गरेकी छौ ?” – सोध्दै थिएँ त्यसैबेला महिला अधिकारकर्मी पुलिस समेत लिएर आए ।

एउटी नारीलाई थप्पड हानेको अपराधमा मलाई पुलिसले हिरासतमा लिए । मेरो कुरा कसैले नसुन्नु स्वाभाविक नै हो । किनभने मैले एक महिलालाई अचानकै झापड हानेको थिएँ ।
थानामा मैले बयान दिए पनि अहिले म हिरासतमा छु । भोलि न्यायालयमा मलाई फेरि आफ्नो सफाइ दिनुपर्ने छ । म अहिले रातको चकमन्नतामा एउटै कुरा न्यायाधीशलाई बिन्ती गर्ने सोचिरहेको छु कि अब कवि/लेखकलाई पनि सरकारले सुरक्षा दिनुपर्नेछ । देशमा साहित्यकार असुरक्षित छन् आफैँले कल्पेका चरित्रहरूबाट ।

०००
रिनाक, सिक्किम ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विभाजन

विभाजन

डिल्लीप्रसाद अधिकारी
जीवन थिङलाई भनेर

जीवन थिङलाई भनेर

डिल्लीप्रसाद अधिकारी
भावना

भावना

डिल्लीप्रसाद अधिकारी
अफाप

अफाप

डिल्लीप्रसाद अधिकारी
सूचना

सूचना

डिल्लीप्रसाद अधिकारी
मूलखाँबो (२)

मूलखाँबो (२)

डिल्लीप्रसाद अधिकारी
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x