साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लहैलहैमा

कोही बिग्रनुहुँदैनथ्यो भने कसैको लहैलहैमा लाग्नु पनि हुँदैनथ्यो तैपनि कसोकसो काँइयो भेटियो तर काइँयो भेँटिदा उसको कपाल झरिसकेको थियो ।

Nepal Telecom ad

केशव ज्ञवाली ‘आगत’ :

कसैको लहैलहैमा लागेर
कसैले खसाएको
पाँच रुपियाँ टिप्न खोज्दा
खल्तीको पचास रुपियाँ खसायो उसले
थाहा छैन
कतिबेला थाहा पाउँछ र
पछुताउँछ
पाँच रुपियाँ भेट्टाएको खुसीमा ।

आफ्नो भन्नु एउटा देश थियो
अचेल ऊ पनि
विदेशीको लहैलहैमा लागेर हिँड्दै छ ।

कसैको लहैलहैमा लागेर
चढेको रूखबाट खसेको ऊ
आफूभन्दा पहिला
आफ्नो साथी खसेको देखेर
मुसुक्क हाँस्यो तर
भुइँमा खसेपछि बल्ल थाहा पायो
खुट्टा उसको मात्र भाँचिएको थियो ।

कसैको लहैलहैमा लागेर
बिग्रिएको हो ऊ
उसैको लहैलहैमा लागेर
बिग्रिएका हौँ हामी
अब जो
हाम्रो लहैलहैमा लाग्छ
ऊ पनि बिग्रन्छ ।

कोही बिग्रनुहुँदैनथ्यो भने
कसैको लहैलहैमा लाग्नु पनि हुँदैनथ्यो
तैपनि
कसोकसो काँइयो भेटियो तर
काइँयो भेँटिदा
उसको कपाल झरिसकेको थियो ।

०००
रूरूक्षेत्र, गुल्मी
हाल-सूर्यविनायक, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिरोहित देशभक्ति

तिरोहित देशभक्ति

केशव ज्ञवाली ‘आगत’
देशको घर

देशको घर

केशव ज्ञवाली ‘आगत’
देश खोजिरहेको छु म

देश खोजिरहेको छु म

केशव ज्ञवाली ‘आगत’
देश

देश

केशव ज्ञवाली ‘आगत’
परिदृश्य

परिदृश्य

केशव ज्ञवाली ‘आगत’
कुरा काट्ने चालबाजी

कुरा काट्ने चालबाजी

केशव ज्ञवाली ‘आगत’
0
Would love your thoughts, please comment.x
()
x