साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा काट्ने चालबाजी

मान्छेलाई भन्यो भने कुरा चपाउँदै कसैले भ्याइएन भन्छ कसैले जानिएन भन्छ तर अरुको कुरा काट्न भने जत्ति पनि समय, र खुब सिपालु छन् मान्छेहरू !

Nepal Telecom ad

केशव ज्ञवाली ‘आगत’ :

जो पहिला पनि
कसैको कुरा काट्थे
तिनै
कुरा काट्नेहरू
अचेल झनै बढेका छन्
तिनकै पछि लागेर
मैले पनि
कसैको कुरा काट्न
के थालेको थिएँ
बन्चरो आफ्नै घुँडामा पर्‍यो !

कति धेरै कामहरू बाँकी छन्
जुन
हिजै गरिनुपर्थ्यो तर
आज पनि गरिएनन्
मान्छेलाई भन्यो भने
कुरा चपाउँदै
कसैले भ्याइएन भन्छ
कसैले जानिएन भन्छ
तर
अरुको कुरा काट्न भने
जत्ति पनि समय, र
खुब सिपालु छन् मान्छेहरू !

पहिला चित्रगुप्त अरु नै काम गर्थे
अहिले उनको
एउटा पसल पनि छ
कामको बोझ बढेकाले
आकर्षक तलब र
अन्य थप सुविधासहित
पसलमा फलाम काट्ने तर
अरूको कुरा नकाट्ने
आवश्यक मान्छेको
एउटा विज्ञापन गरे उनले तर
अहिलेसम्म
कसैले पनि आवेदन गरेको छैन !

०००
रूरूक्षेत्र, गुल्मी
हाल- सूर्यविनायक, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिरोहित देशभक्ति

तिरोहित देशभक्ति

केशव ज्ञवाली ‘आगत’
देशको घर

देशको घर

केशव ज्ञवाली ‘आगत’
देश खोजिरहेको छु म

देश खोजिरहेको छु म

केशव ज्ञवाली ‘आगत’
देश

देश

केशव ज्ञवाली ‘आगत’
लहैलहैमा

लहैलहैमा

केशव ज्ञवाली ‘आगत’
परिदृश्य

परिदृश्य

केशव ज्ञवाली ‘आगत’
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x