साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशको घर

उसको प्रश्न चिन्हले मेरो दिमागको धरहरा जगसम्म हल्लियो तैपनि मैले उसको निश्चल मन र हातका सुकोमल औँलाहरूमा मायालु स्पर्श गर्दै भनेँ- छोरा ! देश हाम्रो मनमा बस्छ ।

Nepal Telecom ad

केशव ज्ञवाली ‘आगत’ :

देशमा यति धेरै गाउँहरू
शहरहरू र
अग्ला घरहरू छन् तर
देशको भन्नु
एउटा पनि आफ्नो घर छैन !

अगेनाको डिलमा बसेर
आफ्ना आँखाका नानीहरूले
मेरा आँखाका
नानीहरूमा नियालिरहेको
सानो छोराले सोध्यो-
बा !
घर छैन भने देश कहाँ बस्छ ?

उसको प्रश्न चिन्हले
मेरो दिमागको धरहरा
जगसम्म हल्लियो
तैपनि
मैले उसको निश्चल मन र
हातका
सुकोमल औँलाहरूमा
मायालु स्पर्श गर्दै भनेँ-
छोरा !
देश हाम्रो मनमा बस्छ ।

त्यसपछि ऊ ढुक्क देखियो ।

०००
रुरुक्षेत्र, गुल्मी
हाल- सूर्यविनायक, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिरोहित देशभक्ति

तिरोहित देशभक्ति

केशव ज्ञवाली ‘आगत’
देश खोजिरहेको छु म

देश खोजिरहेको छु म

केशव ज्ञवाली ‘आगत’
देश

देश

केशव ज्ञवाली ‘आगत’
लहैलहैमा

लहैलहैमा

केशव ज्ञवाली ‘आगत’
परिदृश्य

परिदृश्य

केशव ज्ञवाली ‘आगत’
कुरा काट्ने चालबाजी

कुरा काट्ने चालबाजी

केशव ज्ञवाली ‘आगत’
0
Would love your thoughts, please comment.x
()
x