साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश खोजिरहेको छु म

मान्छेहरूको भिडमा एउटा मान्छे त तिमी पनि हौ तर देशभित्र तिमी कहाँनिर छौ र तिमीभित्र देश कहाँनिर छ म तिम्रो नागरिकतामा खोजिरहेको छु !

Nepal Telecom ad

केशव ज्ञवाली :

जुन बेला
देशभित्र
तिमी एउटा मान्छे खोजिरहेका थियौ
त्यस बेला
म आफैँभित्र
एउटा देश खोजिरहेको थिएँ
जहाँ माछापुच्छ्रेको छाँया फेवातालमा पर्छ
जहाँ बुद्धको लुम्बिनी र मेरो घर छ ।

खुब पढाइ हुन्छ रे
विश्वविद्यालयतिर
तिम्रा चेतनाका गाथाहरूको
तर
त्यहाँ म कहाँनिर छु र
देश कहाँनिर छ
म तिम्रा आविष्कारहरूमा खोजिरहेको छु !

मान्छेहरूको भिडमा
एउटा मान्छे त तिमी पनि हौ तर
देशभित्र तिमी कहाँनिर छौ र
तिमीभित्र देश कहाँनिर छ
म तिम्रो नागरिकतामा खोजिरहेको छु !

अहिले तिमी
देशको घुम्ने कुर्सीमाथि छौ तर
त्यहाँ म कहाँनिर छु र
देश कहाँनिर छ
म तिम्रो सरकारमा खोजिरहेको छु !

०००
रूरूक्षेत्र, गुल्मी
हाल – सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिरोहित देशभक्ति

तिरोहित देशभक्ति

केशव ज्ञवाली ‘आगत’
देशको घर

देशको घर

केशव ज्ञवाली ‘आगत’
देश

देश

केशव ज्ञवाली ‘आगत’
लहैलहैमा

लहैलहैमा

केशव ज्ञवाली ‘आगत’
परिदृश्य

परिदृश्य

केशव ज्ञवाली ‘आगत’
कुरा काट्ने चालबाजी

कुरा काट्ने चालबाजी

केशव ज्ञवाली ‘आगत’
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x