साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केके भयो के भयो

के बोक्छौ अझ रापताप जनता भारी थपी शोकमा । हाँस्दै बस्दछ हाँस चाटुक तिमी भोका लडे चोकमा ॥ बोकी बस्दछ लोकतन्त्र पगरी उल्टो छ आश्वासन । के देख्छौ जनता विषाक्त सपना दुख्दैछ दैनन्दिन ॥

Nepal Telecom ad

हेमराज पन्त :

काका रेल चढी उखानपुरमा एक्लै सवारी भए ।
जुत्ता, चप्पल मानले दिनदिनै कोको बिमारी भए ॥
छानामा यमराजको भय हुँदा देख्दैन बानेश्वर ।
सैयौं सैनिकसाथ आगत भयो काका बने ईश्वर ॥

ताली ठोक्न सिपालु मानव यहाँ जम्मा गरे लस्कर ।
सोझा मर्न पुगे फुटेर खहरे साक्षी बने तस्कर ॥
बस्छौ शासक राजकाज नगरी दुर्गन्ध चारैतिर ।
पक्कै आउँछ आर्यघाट नजिकै खोजी विलासी घर ॥

गर्दै ताण्डव यो असोज महिना शास्ता दुलोमा पसे ।
देखे नाग विषाक्त यी जहरिला भोका र नाङ्गा डसे ॥
चुस्छौ आँसु,अपान,रक्त,पसिना लौ मोज एक्लै गर ।
तिम्रैलागि छ वाद,तन्त्र रसिलो नारा सुनौला छर ॥

तारा,जून सुते लुकी रवि उठे खोजी हथौड़ा बसे ।
काटे काट नकाट काट जनता डाल्टा हजारौं घसे ॥
औंठा छाप सबै पसे सदनमा जुम्रा घुसे कन्दनी ।
नौलामा पनि देखिदैछ छल यो बन्थे चकारी धनी ॥

के बोक्छौ अझ रापताप जनता भारी थपी शोकमा ।
हाँस्दै बस्दछ हाँस चाटुक तिमी भोका लडे चोकमा ॥
बोकी बस्दछ लोकतन्त्र पगरी उल्टो छ आश्वासन ।
के देख्छौ जनता विषाक्त सपना दुख्दैछ दैनन्दिन ॥

कोही छैन दयालु शासक यहाँ देखे सबै निम्छरा ।
बग्दै जान्छ सदैव रक्त जलमा रोई बसेकी धरा ॥
कोही राल चुहाउने छ जगमा कोही छ टुक्का दिने ।
पापी देख्छु जताततै मुलुकमा सौभाग्य हाम्रो छिने ॥

०००
पाटन २ सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x