साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिरोहित देशभक्ति

आफ्नै देशका गद्दारहरू झन् धेरै छन् देशभित्र जसले पहिले विदेशीहरूसँग लड्न हामीलाई विदेशतिरै पठाए अहिले आफैँआफैँमा लडाउन विदेशीहरूलाई भित्र्याउँदै छन् देशभित्र !

Nepal Telecom ad

केशव ज्ञवाली ‘आगत’ :

खै कसरी पो भन्नु
देशभक्तहरूको मन छ हामीसँग !
आफ्नै भूमि खोसियो, सिमा मिलाएनौ
जनतालाई भोक लाग्दा बीमा मिलाएनौ
निर्दोष थिए धेरै मारिनेहरू
तैपनि
उनीहरूको जिउने हक दिलाएनौँ !

भ्रष्टाचारका
साझेदारहरू धेरै छन् देशभित्र
तिनका पहरेदारहरू धेरै छन् देशभित्र
आफ्नै देशका
गद्दारहरू झन् धेरै छन् देशभित्र
जसले
पहिले विदेशीहरूसँग लड्न
हामीलाई विदेशतिरै पठाए
अहिले
आफैँआफैँमा लडाउन
विदेशीहरूलाई भित्र्याउँदै छन् देशभित्र !

भन्न त, गाउँलाई
समृद्धिले शहरसँग जोड्छौँ भन्यौँ
तर
न माटो मलिलो बनायौँ
न बाटो बलियो बनायौँ
मात्र सधैँ
कसैलाई सत्तामा उचाल्न र
कसैलाई सत्ताबाट खसाल्न
कहिले सत्ताका पछि लागेर धेरै उफ्रियो
कहिले विपक्षीको विरोध गर्दैमा जिन्दगी थच्चियो !

०००
रूरूक्षेत्र, गुल्मी
हाल- सूर्यविनायक, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशको घर

देशको घर

केशव ज्ञवाली ‘आगत’
देश खोजिरहेको छु म

देश खोजिरहेको छु म

केशव ज्ञवाली ‘आगत’
देश

देश

केशव ज्ञवाली ‘आगत’
लहैलहैमा

लहैलहैमा

केशव ज्ञवाली ‘आगत’
परिदृश्य

परिदृश्य

केशव ज्ञवाली ‘आगत’
कुरा काट्ने चालबाजी

कुरा काट्ने चालबाजी

केशव ज्ञवाली ‘आगत’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x