साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुँडी

लाजपचेको अध्यक्ष ! हामी ज्याला मजदुरी गरिखानेहरूबाट त्यत्रो हजार हजार उठाको त आधा रकम आफ्नै भुँडी भर्नलाई पो रैछ, भ्रष्टाचारी ! द्रव्यपिसाच” तल्लाघरे साँइलोभित्र रक्सी पिउँदै भट्टीवाल्नीसँग गुनासो गर्दै थियो ।

Nepal Telecom ad

पी पी कोइराला :

“ल मालामाल हुने भइयो सचिवज्यू आधा रकमले काम फत्ते भइहाल्यो ।” अध्यक्ष भन्दै थिए ।
नजिकैको शहर पुग्ने हिलाम्मै बाटोमा बनेका ठूलठूला खाल्डाहरू पुर्नुपर्ने काम थियो ।

”कोदालो ,बेल्चा जे जे छ बोकौँ श्रमदान गर्नुपर्छ ।” भन्दै समितिले टोलबासीलाई अस्ति श्रमदान गराएको थियो । यतिले नपुगेर हिजो एक घर एक हजार नगद चन्दा उठाउने निर्णय गरी रकम जम्मा गरिएको थियो । मजदुर लगाई काम गराउँदा आधा रकमले काम सम्पन्न भएर आधा रकम बचत भएको थियो । आज काम सकिएकै दिन बेलुका भएपछि अध्यक्षले चुस्की लिँदै सचिवलाई भन्दै थिए, “अब यो आधा रकम बाँकी बचेको छ, के पो गर्ने ? झ्वाम पार्ने उपाय केही छैन ,सचिव ज्यू ?”

“बिल बढाएर हामी समितिभित्रका मुख्य तीनजनाले हात पार्नु पर्छ । तर बिस्तारै बोल्नुस् अध्यक्षज्यु !” सचिवले भन्यो ।
“किन यहाँ कस्ले सुन्छ र ?” अध्यक्षले निस्फिक्रि भने ।

“सुन्नु न भित्र को हो कुन्नि ! जे पायो त्यहि बोल्दै छ !” अनि कान ठाडो पारेर दुवैजना बाहिरबाट कुरा सुन्न थाले ।” लाजपचेको अध्यक्ष ! हामी ज्याला मजदुरी गरिखानेहरूबाट त्यत्रो हजार हजार उठाको त आधा रकम आफ्नै भुँडी भर्नलाई पो रैछ, भ्रष्टाचारी ! द्रव्यपिसाच” तल्लाघरे साँइलोभित्र रक्सी पिउँदै भट्टीवाल्नीसँग गुनासो गर्दै थियो ।

०००
धरान १३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x