पी पी काेइरालाभुँडी
लाजपचेको अध्यक्ष ! हामी ज्याला मजदुरी गरिखानेहरूबाट त्यत्रो हजार हजार उठाको त आधा रकम आफ्नै भुँडी भर्नलाई पो रैछ, भ्रष्टाचारी ! द्रव्यपिसाच” तल्लाघरे साँइलोभित्र रक्सी पिउँदै भट्टीवाल्नीसँग गुनासो गर्दै थियो ।

पी पी कोइराला :
“ल मालामाल हुने भइयो सचिवज्यू आधा रकमले काम फत्ते भइहाल्यो ।” अध्यक्ष भन्दै थिए ।
नजिकैको शहर पुग्ने हिलाम्मै बाटोमा बनेका ठूलठूला खाल्डाहरू पुर्नुपर्ने काम थियो ।
”कोदालो ,बेल्चा जे जे छ बोकौँ श्रमदान गर्नुपर्छ ।” भन्दै समितिले टोलबासीलाई अस्ति श्रमदान गराएको थियो । यतिले नपुगेर हिजो एक घर एक हजार नगद चन्दा उठाउने निर्णय गरी रकम जम्मा गरिएको थियो । मजदुर लगाई काम गराउँदा आधा रकमले काम सम्पन्न भएर आधा रकम बचत भएको थियो । आज काम सकिएकै दिन बेलुका भएपछि अध्यक्षले चुस्की लिँदै सचिवलाई भन्दै थिए, “अब यो आधा रकम बाँकी बचेको छ, के पो गर्ने ? झ्वाम पार्ने उपाय केही छैन ,सचिव ज्यू ?”
“बिल बढाएर हामी समितिभित्रका मुख्य तीनजनाले हात पार्नु पर्छ । तर बिस्तारै बोल्नुस् अध्यक्षज्यु !” सचिवले भन्यो ।
“किन यहाँ कस्ले सुन्छ र ?” अध्यक्षले निस्फिक्रि भने ।
“सुन्नु न भित्र को हो कुन्नि ! जे पायो त्यहि बोल्दै छ !” अनि कान ठाडो पारेर दुवैजना बाहिरबाट कुरा सुन्न थाले ।” लाजपचेको अध्यक्ष ! हामी ज्याला मजदुरी गरिखानेहरूबाट त्यत्रो हजार हजार उठाको त आधा रकम आफ्नै भुँडी भर्नलाई पो रैछ, भ्रष्टाचारी ! द्रव्यपिसाच” तल्लाघरे साँइलोभित्र रक्सी पिउँदै भट्टीवाल्नीसँग गुनासो गर्दै थियो ।
०००
धरान १३
Subscribe
Login
0 Comments
Oldest








































