चूडामणि रेग्मीनानाथरी गफ !
धन देखेपछि महादेवका पनि तिन नेत्र खुल्छन् । गफडी पनि अलिकति गेडा पाए त्रिपन्न गफ गर्न सक्छ । के गर्ने । बाँचे नै संसार देखिन्छ । बाँच्दा साथमा पेट रहन्छ, पेटका लागि पैसा नै चाहिन्छ, जसरी र जे-जे गरेर !

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश – मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
गोलका कुरा !
गफडीले चाहिँ अब पहेंला लुगा लगाएर हरिद्वार जाने बेला भयो । यसले कुम्ल्याएछ र यो कुलेलम ठोक्न आँटेछ भन्नुहोला ! (कुम्ल्याउन पाए चैने जो छ सो राष्ट्रवादी शक्तिमा दरिँदैनथ्यो र यो अभागी बिचरो पनि ? त्यसो होइन, हो के भने- यहाँको खेल-पद्धति देखेर गफडीलाई वैराग छुट्यो । यहाँका व्यवहारीले पहेंला लुगा लगाउँछन्- यो मोरो गफडीचाहिँ वैरागी भएर पहेंल्चे हुन्छ भन्नुहुन्छ भने त के नेपालमा अब निला-पहेंला छुत-अछुत भए त गफडीको बिन्ती-बिसाइ के भने- यहाँको गोल-गराइ, यहाँको खेल, यहाँको रमित हेर्ने पद्धतिले गफडी वैरागियो भनेको हो गफडीले । तर जे होस् है हजुर हो- गोल जसरी जुन-जुन विधिले गर्नेले गरे यो देख्ता संसारका आश्चर्यका इतिहासमा यो पनि लेखिने छ भन्ने ठानेको छ यो लफङ्गाले । । माफ रहला है ! बुझक्कड ठुला बडा साहेबहरू हो !)
पैसा भए ऐसा !
पैसा भए ऐसा भन्ने कुरा गफडीले सुन्या । थियो हो रहेछ । अम्रिका अम्रिका भन्थे, अम्रिका भनेको पनि बल्ल बुकिँदैछ । रुस र चिनमा पनि अम्रिकाले जादू गर्छ रे भन्थे-के न रहेछ भन्दा त पैसा पो चटक रहेछ । चाँदीका जत्ताले हिर्काउन थालेपछि सती पतिता सज्जन कुजन पनि विद्वान जे पनि हुने रहेछ । जङ्गल सोत्तर पारे पनि ब्याङ्क नै खाली गरे पनि पैसाको प्रभाव ऐसा रहेछ । हुन पनि गफडी भन्दछ एकपल्ट होइन, दुई-चार महिना खोलेसम्म खाऊ न ! अनि बुझ्छौ पैसाको मर्म ! पर्जातन्त्र भन्या छ- मिलका चिम्नीबाट मात्र होइन मुखबाट पनि अम्रिकन सिग्रेटको र के-केजातिको धुवाँ उडाएको छ, पर्गतिशील भनेको छ, जङ्गल साफ गरेको छ अनि खोले खानेले पैसा नबुझे के बुझ्छ ? पैसा भए ऐसा हुन्छ । पैसा भएपछि नै अर्कासँग माग्ने हुइँदैन । सन्की हुइँदैन । तलमाथिको चक्कर पर्दैन, कुनै इस्टेसन ढुकी जेब काट्नु पर्दैन, जसलाई जे भने पनि हुन्छ- मौकामा घुम्न गाडीको पुच्छरमा विराजमान हुन पाइन्छ । पैसाले खोलो फर्काउने कुरा छाडौँ, ब्रह्माण्ड पनि फर्काउन सकिन्छ । त्यसै छ मान्छेले फलाना ‘बाबु ।’ भनेको चमत्कार !
पेटतन्त्र !
दुनियाँमा पञ्चतन्त्रदेखि लिएर नानातन्त्र छन् तिनमा कोही प्रजातन्त्र भन्छन् त गफडी मुख्य त पेटतन्त्र नै भन्छ । हुनत, हो है हजुरहो, प्रजातन्त्र नभए यो टुँडो बुच्चिने थियो नि !! किन यसो भन्छ गफडी भन्नुहोला ? भन्ने गफडीलाई लाग्दैन, तर पनि पेटका लागि दाउरे मात्र होइन, लाउरे पनि बन्ने, पेटका लागि दक्षिण मात्र होइन उत्तर पनि लाग्ने, पेटका लागि पहाडको खोरिया मात्र होइन झोडा पनि फाँड्ने, पेटका लागि नै जी गर्ने, हजुरी गर्ने, चाकरी गर्ने, चुक्ती गर्ने, बिन्ती गर्ने, नकच्चरो हुने, ठेक्का खाने, नाना काण्ड हुन्छन् । चामलको हाहा छ, महँगीको मार छ, अभाव छ, यस्तो बेला पेटतन्त्रको एक मात्र दरो बुटी हो पैसा । गफडीले मूल सूत्र पहिले नै बतायो, पैसा भए ऐसा । धन देखेपछि महादेवका पनि तिन नेत्र खुल्छन् । गफडी पनि अलिकति गेडा पाए त्रिपन्न गफ गर्न सक्छ । के गर्ने । बाँचे नै संसार देखिन्छ । बाँच्दा साथमा पेट रहन्छ, पेटका लागि पैसा नै चाहिन्छ, जसरी र जे-जे गरेर !
पातमा पात ! बातमा बात !
‘यसरी वास्तविकता जान्दाजान्दै पनि गफडीले किन हरिद्वार जाने कुरा गर्यो ?’ प्रश्न हुन सक्छ । वास्तविकता जानेर पनि हामी सबैका मनले मान्नुपर्छ नि सबैका ! गफडीको उत्तर हो । लौ । कुरो भिन्नै हुन्छ, यहाँका पैसावाल नै ऐसावाल भए । पातमा पात भएझै, बातमा यतिका बात भए र पैसा नचिनेको गफडी जीवनमा तिन छक्क परेर यो टुँडो चलाउँदैछ । लौ त । झिङ्गे गफ यहीँ तुरूँ र पैसावालहरूका चकचकी नै आगे सुनूँ । आजलाई यतिमै मौनव्रत । आगे फेरि ।
युगज्ञान वर्ष ११, अड्ङ्क २९, २०३७
०००
दमक, झापा
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































