साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवन भोक र सडक

भोकले बाटो बनायो बाटोले सडक सडक फराकिलो भयो त्यही सडक भएर फेरि भोक बेच्ने ब्यपारीहरू आइरहेछन्। भोक टाँसिएको छ नछुट्ने गरी जीवनसँग।

Nepal Telecom ad

तारा गाउँले :

जीवनसँगै पछ्याउदै आयो
भोक
भोक जीवनको लागि थियो ?
या जीवन भोकको लागि ?
शायद भोक थिएन
जीवन थिएन ।
भोक शान्त पार्न
म निस्किएँ सडकमा
भोक मेटाउन बाटो चाहिन्छ
बाटोले नै मलाई
भोक मार्ने ठाउँसम्म पुर्याउँछ।
म पछ्याउदै गएँ बाटो
अचानक गायव भयो बाटो
सुनसान जंगल भित्र ।
जंगल भित्र
अर्को डरलाग्दो भोक थियो
भोकले मलाई
लखेट्यो
म भागेँ।
जंगलै जंगल
जता जता भागें उतै बाटो बन्दै गयो
भोकसँग भाग्नेहरू नै
बाटोका निर्माता थिए।
निकै टाढा छ भोक मेटाउने चारो
भाग्यो चारो मलाई देख्ने बित्तिकै।
म पछ्याइरहेछु चारो
चारो मदेखि टाढा भागिरहेछ
जीवन बचाउन।
म उसलाई लेखिटिहेछु
जीवन बचाउन।
भोकले बाटो बनायो
बाटोले सडक
सडक फराकिलो भयो
त्यही सडक भएर
फेरि
भोक बेच्ने ब्यपारीहरू आइरहेछन्।
भोक टाँसिएको छ नछुट्ने गरी
जीवनसँग।
एक दिन भोक टुङ्गिने छ
सडक टुङ्गिने छ
जब जीवन टुङ्गिनेछ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म मरेको दिन

म मरेको दिन

तारा गाउँले
भक्त र भगवान

भक्त र भगवान

तारा गाउँले
भर्‍याङ

भर्‍याङ

तारा गाउँले
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x