साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बत्ती गुम भएको रात

खबरदार ! मलाई सिधा आँखाले नहेर मेरो अनुहार अपराधीसँग मिलेको मात्र हो भर्खरै पशुपतिनाथमा सुनको जलहारी चढाएर आएको म कसरी अपराधी हुन सक्छु ।

Nepal Telecom ad

तारा गाउँले :

फेरि
अन्धकार खसेको छ धर्तीमा

आज यता
सुनसानको स्तब्धता माझ
कुकुरहरू भूकिरहेछन्
लाटोकोसेरो कराइरहेको छ ।

बत्ती गुम भएको यो रातमा
सिंहदरबारबाट
आजै गृहमन्त्री हराएको खबर आयो
सुनिँदैछ
अपराधीले पुलिसलाई
गृहमन्त्री खोज्न आदेश जारी गर्‍यो ।

मन्त्रीजस्तै लाग्छ अपराधी
वा
अपराधीजस्तै लाग्छ मन्त्री ?
छुट्याउन गाह्रो छ ।

विपक्षी दलको नेता भन्दैछ
अपराधीहरू नछुटुन्
खबरदार !
मलाई सिधा आँखाले नहेर
मेरो अनुहार अपराधीसँग मिलेको मात्र हो
भर्खरै पशुपतिनाथमा
सुनको जलहारी चढाएर आएको
म कसरी अपराधी हुन सक्छु ।

अपराधीहरू अपराधी समाउन
संसदमा हंगामा गरिरहेका छन् ।

खासखुस खासखुसभित्र
चकमन्न छ गाउँ शहर
बत्ती गुम भएको यो रात ।

०००
इलाम, हाल : दुवाकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जीवन भोक र सडक

जीवन भोक र सडक

तारा गाउँले
म मरेको दिन

म मरेको दिन

तारा गाउँले
भक्त र भगवान

भक्त र भगवान

तारा गाउँले
भर्‍याङ

भर्‍याङ

तारा गाउँले
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x