सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भक्त र भगवान

भगवान आफू मौन प्रसाद ग्रहण गरिरहेछन् भक्तहरू प्रसाद चढाइरहेछन् । बिनोद चौधरीको सुनको मन्दिर ठडियो धनिरामहरू सधैँ भारी बोकीरहेछन् । सडक बालकहरू डेन्ड्राइट सुँघिरहेछन् साधुरामहरु चोरिरहेकै छन् ।

Nepal Telecom ad

तारा गाउँले :

Tara Gaule

एकाबिहानै
बज्यो घण्टी मन्दिरमा
नाम्लो हातमा लिएर पुग्यो
थारू धनिराम
बजायो घण्टी र भन्यो
प्रभु ! आज धेरै भारी बोक्न पाउँ
हजुरको निम्ति लड्डु चढाउँछु
भगवानले चुपचाप नै भने तथास्तु !
शरीरमा ‘पर्फ्युम स्प्रे’ गर्‍यो र
‘लेटेस्ट’ मोडल कार चढ्यो
विनोद चौधरी –
घण्टी बजायो मन्दिरको
माग्यो
म सधैँ सबैलाई भारी बोकाई रहूँ
म हजुरको निम्ति सुनको मन्दिर बनाउँछु
भगवानले चुपचाप भने तथास्तु
सात दिनदेखि डेन्ड्राइट मात्र सुँघिरहेको
एउटा भोको सडक बालक
लरखराउँदै आयो
तिरमिर तिरमिर आँखाले
भगवानको मुखमा हेर्दै
घण्टी बजायो र माग्यो
प्रभु! कृपा गरेर आज मलाई
एउटा डेन्ड्राइट दिलाइ देऊ
म हजुरको निम्ति धुप चढाउछु
तथास्तु !
हातमा धुप अक्षता फूल लिएर
गिडगिडाउदै साधुरामले भन्यो –
हिजो पनि सकिन प्रभु
आज मलाई त्यो शक्ति देऊ
कि म सेकुरिटीको आँखा छलेर
चौधरीको को घरमा चोर्न सकुँ
म हजुरको निम्ति सुनको सिक्री चढाउँछु
तथास्तु !
बुट बजाउँदै पुलिस आयो र भन्यो
प्रभु आज पनि मेरो खल्ती
खाली नहोस्
लाखबत्ती जलाउँछु
तथास्तु !
ज जसलाई जे चाहियो
दिए सबैलाई भगवानले ।
भगवान
आफू मौन
प्रसाद ग्रहण गरिरहेछन्
भक्तहरू प्रसाद चढाइरहेछन् ।
बिनोद चौधरीको सुनको मन्दिर ठडियो
धनिरामहरू सधैँ भारी बोकीरहेछन्
सडक बालकहरू
डेन्ड्राइट सुँघिरहेछन्
साधुरामहरु चोरिरहेकै छन्
पुलिसहरू समातिरहेछन्
सुनको मन्दिरमा घण्टीहरु बजिरहेछन् ।
पर उभिएर
चुपचाप हेरिरहेको
कविले सोध्यो
प्रभु ! यी सबै तथास्तुमध्ये
कुन पाप हो कुन धर्म हो ?
भगवान
केही सुन्दैन
केही देख्दैन
केही बोल्दैन ।

०००
झापा , हाल – दुवाकोट भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भर्‍याङ

भर्‍याङ

तारा गाउँले
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने