साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्त र भगवान

भगवान आफू मौन प्रसाद ग्रहण गरिरहेछन् भक्तहरू प्रसाद चढाइरहेछन् । बिनोद चौधरीको सुनको मन्दिर ठडियो धनिरामहरू सधैँ भारी बोकीरहेछन् । सडक बालकहरू डेन्ड्राइट सुँघिरहेछन् साधुरामहरु चोरिरहेकै छन् ।

Nepal Telecom ad

तारा गाउँले :

Tara Gaule

एकाबिहानै
बज्यो घण्टी मन्दिरमा
नाम्लो हातमा लिएर पुग्यो
थारू धनिराम
बजायो घण्टी र भन्यो
प्रभु ! आज धेरै भारी बोक्न पाउँ
हजुरको निम्ति लड्डु चढाउँछु
भगवानले चुपचाप नै भने तथास्तु !
शरीरमा ‘पर्फ्युम स्प्रे’ गर्‍यो र
‘लेटेस्ट’ मोडल कार चढ्यो
विनोद चौधरी –
घण्टी बजायो मन्दिरको
माग्यो
म सधैँ सबैलाई भारी बोकाई रहूँ
म हजुरको निम्ति सुनको मन्दिर बनाउँछु
भगवानले चुपचाप भने तथास्तु
सात दिनदेखि डेन्ड्राइट मात्र सुँघिरहेको
एउटा भोको सडक बालक
लरखराउँदै आयो
तिरमिर तिरमिर आँखाले
भगवानको मुखमा हेर्दै
घण्टी बजायो र माग्यो
प्रभु! कृपा गरेर आज मलाई
एउटा डेन्ड्राइट दिलाइ देऊ
म हजुरको निम्ति धुप चढाउछु
तथास्तु !
हातमा धुप अक्षता फूल लिएर
गिडगिडाउदै साधुरामले भन्यो –
हिजो पनि सकिन प्रभु
आज मलाई त्यो शक्ति देऊ
कि म सेकुरिटीको आँखा छलेर
चौधरीको को घरमा चोर्न सकुँ
म हजुरको निम्ति सुनको सिक्री चढाउँछु
तथास्तु !
बुट बजाउँदै पुलिस आयो र भन्यो
प्रभु आज पनि मेरो खल्ती
खाली नहोस्
लाखबत्ती जलाउँछु
तथास्तु !
ज जसलाई जे चाहियो
दिए सबैलाई भगवानले ।
भगवान
आफू मौन
प्रसाद ग्रहण गरिरहेछन्
भक्तहरू प्रसाद चढाइरहेछन् ।
बिनोद चौधरीको सुनको मन्दिर ठडियो
धनिरामहरू सधैँ भारी बोकीरहेछन्
सडक बालकहरू
डेन्ड्राइट सुँघिरहेछन्
साधुरामहरु चोरिरहेकै छन्
पुलिसहरू समातिरहेछन्
सुनको मन्दिरमा घण्टीहरु बजिरहेछन् ।
पर उभिएर
चुपचाप हेरिरहेको
कविले सोध्यो
प्रभु ! यी सबै तथास्तुमध्ये
कुन पाप हो कुन धर्म हो ?
भगवान
केही सुन्दैन
केही देख्दैन
केही बोल्दैन ।

०००
झापा , हाल – दुवाकोट भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जीवन भोक र सडक

जीवन भोक र सडक

तारा गाउँले
म मरेको दिन

म मरेको दिन

तारा गाउँले
भर्‍याङ

भर्‍याङ

तारा गाउँले
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x