साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म मरेको दिन

मेरा आँखाले यो संसार फेरि हेर्न पाउने छन् मेरो मुटुले फेरि अर्को छाती भित्र श्वास फेर्न पाउने छ र कुनै दिन यस्तो पनि आउँनेछ मृत्यु आगमनको कारण कोही रुनुपर्ने छैन ।

Nepal Telecom ad

तारा गाउँले :

सुक्सुकाइरहेछन् मेरा आफन्तहरू
रोइरहेको छ मेरो घर
छर छिमेकीहरू भेला हुँदैछन्
केही खुल्दुली केही जिज्ञासा
मृत्यु अनि जीवनको ।
म मरेको दिन ॥

आँगनमा सधैँझै
मुस्कुराई रहेछ फूल
भुन्भूनाइ रहेछ मौरी
भरिदैछन् खाली चाका महले
किसान खेतमा गइरहेछ
बोटमा बाली पाकिरहेछ
एक हुल केटी केटीहरू स्कुल जाँदैछन्
गोठमा भर्खर एउटा गाई ब्यायो
बारीमा केरा पाकेर बोट भर्खरै ढल्यो
नयाँ केराको बोटमा भर्खरै बुङ्गो निस्कियो
फुल्दै गरेको आरुको रूखमा
कौवाले गुँड लाउँदैछ ।
भाग्ने कोशिश गरिरहेछ
पिँजडाको मैना चरी
म मरेको दिन ॥

मेरा आफन्तहरू सुक्सुकाइरहेछन्
सिङ्गो घर रोइरहेछ
म मरे पनि “म” र “मेरो” कहिले नमर्दो रहेछ ।
भो कोही रुनु पर्दैन
बुढो रुख ढल्छ नै
सुकेको बिरुवा पनि मर्छ नै
तर
रुदैन कहिल्यै जङ्गल
अधुरा सपनाहरू त
बसाई सरिसके नयाँ बोटमा ॥

लाशलाई कहाँ लान्छौ ?
आर्यघाटमा ?
चिहान घारीमा ?
वा कुनै चर्चको समाधिमा
पर्दैन
त्यहाँ जीवन बुझ्न नसकेर
अन्धकारमा भौतारी रहेकाहरूको भिडभाड छ ।
पण्डा, पादरि, मुल्लाहहरूले
मेरो मासुलाई भाग लगाउने छन्
आफ्नो आफ्नो टपरीमा
मलाई कसैको भाग लाग्नु छैन
मलाई स्वर्गको यात्रामा जानु पनि छैन
मलाई यतै कतै
मृत्युको बाटो छेक्न उभिएका
सिपाहीहरूको माझमा लगेर छोडिदिनु
मृत्युलाई जित्न कोशिस गरिरहेका
हातहरू माझ छोडिदिनु
मलाई यो संसार भन्दा प्रिय ठाउँ अन्त लाग्दैन
हुनसक्छ
मेरा आँखाले यो संसार फेरि हेर्न पाउने छन्
मेरो मुटुले फेरि अर्को छाती भित्र श्वास फेर्न पाउने छ
र कुनै दिन यस्तो पनि आउँनेछ
मृत्यु आगमनको कारण कोही रुनुपर्ने छैन
र यो पनि हुनसक्छ
कि म सधैँ सधैँको लागि अजम्मरी बन्नेछु ।
मनिस अजम्मरी बन्ने छ ।

०००
दुवाकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जीवन भोक र सडक

जीवन भोक र सडक

तारा गाउँले
भक्त र भगवान

भक्त र भगवान

तारा गाउँले
भर्‍याङ

भर्‍याङ

तारा गाउँले
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x