साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रिय मलाई निदाउने कर नगर

बरू उठ तिमी पनि आउ यो निष्ठुरी रातभरि जागा बस्ने प्रण गरौँ अलिकति उज्यालोको कुरा गरौँ अलिकति भोकको कुरा गरौँ अलिकति हुरीको कुरा गरौँ अलिकति आगोको कुरा गरौँ उनीहरू पक्कै यतै आउँदैछन् ।

Nepal Telecom ad

तारा गाउँले :

हो मलाई पनि थाहा छ
रात निकै छिप्पिसकेको छ
सायद अब कोही पनि बिउँझै छैन होला
पर आपको रुखमा कराउँने चरी
र रुखमुनि रात बिताउने बेघरबारी बाहेक
अब कोही पनि बिउझै छैन ।
प्रिय मलाई निदाउने कर नगर
छातीभित्र असंतुष्टिको आगो सल्काएर
आखामा आतङ्कको जुलुस हिँडाएर
खोइ कसरी निदाउन सकिएला र
तिमीलाई थाहा छैन
कणर्ालीको घाउ थाक्न नपाउँदै
पशुपतिको बुईकलका बाँस बसेको परेवा
छातीमा सिसाको गोली बोकेर
धमाधम हाम्रो आगनमा खस्दैछन्
कस्तो मन चिमोट्ने खबर आयो हँ
उता जनकराजाको दरवारमा सत्य मारिनु
यता सगरमाथाको आँगनमै
मैनालाई बलात्कृत पारिनु
कहाँ बसेका छन् हँ ?
न्यायको तराजु बोक्ने धर्मराजहरू
सुन्दैछु
आजकल आउदैनन् रे राजहंशका जोडीहरू
फेवामा पौडीखेल्न
गाउदैनन् रे झाम्रे पनि रोधिहरूमा ।
प्रिय तिमी सुन्दैछौ ?
यी सबै पीडाहरू सँग बेखबर
नाईट सो हेरेर फर्कदै गरेको एउटा भिँड
नायकले खलनायकलाई पर्दामा पिटेको हेरेर
विद्रोहको मटक मारिरहेछ
आफ्नै दाजुभाइको रगत पैतालाले कुल्चेर
हिरो हिरोइनको बिछोडमा आँसु झारीरहेछ
तिमी नै भन प्रिय म कसरी निदाउँ ?

तिमी सुन्दैछौ ?
पर बाँसझ्याङमा बास बसेका चराहरू
बिच्किएर कराउँदै छन्
सायद उनिहरु आए होलान्
उफ् ! अब के हुने हो
ककस्का ढोकामा निर्दयी बुट बज्रने हुन्
ककस्का सिनिक्क लिपेका भित्ताहरूमा
रक्ताम्य संगिन रोपिने हुन्
के थाहा कुन लोग्नेको अङ्गालोमा निदाएकी
कुन सिताको जीवन धमिलिने हो
कुन आमाको सिन्दर पुछिने हो
कुन बालकको मुखबाट
आमाको स्तन खोसिने हो
कुन बाबुका परिश्रमी हातमा
हत्कडी लाग्ने हो
उफ ! कलेजो छिन्लाजस्तो हुन्छ सम्झदा पनि
तिमी नै भन प्रिय म कसरी निदाउँ ?
बरू उठ तिमी पनि
आउ यो निष्ठुरी रातभरि
जागा बस्ने प्रण गरौँ
अलिकति उज्यालोको कुरा गरौँ
अलिकति भोकको कुरा गरौँ
अलिकति हुरीको कुरा गरौँ
अलिकति आगोको कुरा गरौँ
उनीहरू पक्कै यतै आउँदैछन्
तिमी छिमेकी लाई जगाऊ
म खुकुरी उध्याउँदै गर्छु
दिन बैरीको कब्जामा भयको बेला
रात ओढेर सूर्य खोज्नु पर्छ ।
त्यसैले मलाई निदाउने कर नगर ।

राजा खोज्नेहरूलाई राजाको शासन कस्तो थियो भन्ने यो कविताले बोल्छ । दृष्टि साप्ताहिकमा राजाको शासनको बेलामा छापिएको यो कविता यहाँ प्रस्तुत छ ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जीवन भोक र सडक

जीवन भोक र सडक

तारा गाउँले
म मरेको दिन

म मरेको दिन

तारा गाउँले
भक्त र भगवान

भक्त र भगवान

तारा गाउँले
भर्‍याङ

भर्‍याङ

तारा गाउँले
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x