साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुस्याहाहरूको भाषण खुल्ला सडकमा

हामी भुक्ता पूरै टोल थर्कन्छ बन्द कोठाभित्र तिमी कुईकिँदा तिम्रो आफ्नै मालिक पनि झर्कन्छ तिम्रो नक्कली आधुनिकता तिम्रो नक्कली सभ्यता तिम्रो नक्कली धनाढ्यता तिम्रो नक्कली ओजस्विता सबै सबै पोको पारेर सडकमा एक्लै ओर्लेर त हेर !

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

बिहानै सडकमा भुस्याहाहरुको आमसभा देखें

मैले पनि केही लेखेँ ।

भुस्याहाहरू भन्छन् –
ए ! घाँटीमा टाई बाँधेका
मालिकका कुकुरहरू हो !
सडकमा एक्लै ओर्लेर त हेर !

मालिकका पाउमा लुटपुटिएर
मालिक्नीका ओछ्यानमा पसारा परेर
गनाउने तेल घसेर
कौशी र बरण्डाबाट हामीलाई भुक्नेहरु
सडकमा एक्लै ओर्लेर त हेर !

खान त तिमीले खायौ होला मिठो
तर
हामी जति बलिया छैनौँ
मालिकको आनन्दका निम्ति पालिएका तिमीहरू
खुला संसारमा भिँड्न सक्दैनौ
कहिलेकाहींँ मालिकको बन्धनमा डोरिएर
गनाउने झोल पिएर
संसार हेर्न हिँडे झैं फूर्ति गर्छौँ
मार्सिडिज बेन्च कारको पछिल्लो सिटमा बसेर
स्वर्ग पुगे झैं मख्ख पर्छौँ
तर
जति दम्भ गरे पनि
हामीले जति धर्ति तिमीले टेकेको छैन
हामीले जति संसार तिमीले देखेको छैन ।

खुला यौनको खुला संसारमा
हामी झुण्ड झुण्ड भएर डुलिरहन्छौँ
मुक्त आकाशको छानुमुनि
स्वतन्त्रताका साथ भुलिरहन्छौँ
तर तिमी
बन्धनको साङ्ग्लोमा बाँधिएर
कृत्रिम तालिममा साँधिएर
आफ्नु पूरै स्वतन्त्रता गुमाएर
ख्याङ् ख्याङ् ख्याङ् ख्याङ्
मालिकको भजन गाउँनेहरू
मालिककै निर्देशनमा जोरखुट्टा बजाउनेहरू
जति आधुनिक भए पनि हामी जति स्वतन्त्र छैनौँ
जति सोफासिन भए पनि हामी जति संसार देख्दैनौँ

कतै पप्पी कतै पिन्टु
कतै टोनी कतै जिन्टु
जुनसुकै अंग्रेजी नाम राखे पनि
कचौरा दुध बिस्कुट र टुक्राटुक्री मासु चाखे पनि
जतिसुकै सुकिलो भएर बसे पनि
जतिसुकै खुस्बु तेल घसेपनि
कात्तिक हामीलाई लाग्छ
हामी उन्मुक्त छौं
बारीका बाख्रा र खोरका कुखुरा
मौका पारेर भक्षण गर्छौँ
दौडिन्छौं उफ्रिन्छौं नाच्छौँ र ढौंटारी मार्छौँ
हामी स्वतन्त्र छौँ ।

हामी भुक्ता पूरै टोल थर्कन्छ
बन्द कोठाभित्र तिमी कुईकिँदा
तिम्रो आफ्नै मालिक पनि झर्कन्छ
तिम्रो नक्कली आधुनिकता
तिम्रो नक्कली सभ्यता
तिम्रो नक्कली धनाढ्यता
तिम्रो नक्कली ओजस्विता
सबै सबै पोको पारेर
सडकमा एक्लै ओर्लेर त हेर !
ए ! घाँटीमा टाई बाँधेका मालिकका कुकुरहरू हो !

०००
गाैरादह, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x